२०८३ साउन ९ शनिबार

चालु आर्थिक वर्षको नौ महिनामा ११ खर्ब ९१ अर्ब रेमिट्यान्स भित्रियो

ई आर्थिक    आइतबार, बैशाख २८ २०८२
3.6K
Shares
चालु आर्थिक वर्षको नौ महिनामा ११ खर्ब ९१ अर्ब रेमिट्यान्स भित्रियो

ई-आर्थिक, काठमाडौं । चालु आर्थिक वर्ष २०८१/२०८२ को ९ महिनामा नेपालमा ११ खर्ब ९१ अर्ब ३१ करोड रेमिट्यान्स भित्रिएको छ । केन्द्रीय बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार  विप्रेषण आप्रवाह १०.० प्रतिशतले वृद्धि भएको हो ।

अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १७.२ प्रतिशतले बढेको थियो।  अमेरिकी डलरमा विप्रेषण आप्रवाह ७.३ प्रतिशतले वृद्धि भई ८ अर्ब ७४ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १५.२ प्रतिशतले बढेको थियो ।

राष्ट्र बैंकका अनुसार समीक्षा अवधिमा समीक्षा अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) रु.१३०१ अर्ब ९४ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय रु.११ खर्ब ७४ अर्ब ५४ करोड रहेको थियो ।

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या ३,५८,२२२ र पुनः श्रम स्वीकृति लिनेको संख्या २,४९,६५२ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो
संख्या क्रमशः ३,२७,८४२ र २,११,२२६ रहेको थियो ।

 

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij