२०८३ साउन ९ शनिबार

नीति तथा कार्यक्रममा समावेश गरिएका मूख्य ११ बुँदाहरु

ई आर्थिक    शुक्रबार, बैशाख १९ २०८२
3.1K
Shares
नीति तथा कार्यक्रममा समावेश गरिएका मूख्य ११ बुँदाहरु

ई-आर्थिक, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले  नेपाल सरकारको आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गरेका छन् ।

नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा बसेको प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा अहिले राष्ट्रपति पौडेलले नीति तथा कार्यक्रम राखेका हुन् ।

राष्ट्रपति रामचन्द्र पौडेलले वर्तमान सरकार गठनका समयमा भएको संयुक्त सरकारको न्यूनतम साझा प्रतिबद्धता र प्राथमिकतालाई केन्द्रमा राखी साझा संकल्पका साथ सरकार अघि बढिरहेको बताए ।

संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा शुक्रबार सरकारको आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।

आगामी आर्थिक वर्ष (२०८२/८३) का लागि नेपाल सरकारको नीति तथा कार्यक्रमको सरकारका विभिन्न क्षेत्रहरूमा लिइने प्रमुख रणनीतिहरू समेटिएको छन् ।

नीति तथा कार्यक्रममा समावेश गरिएका मूख्य  प्रमुख बुँदाहरू:

नागरिक एप्स विस्तार

• सबै सेवा अनलाइनबाट उपलब्ध गराइने उल्लेख भएको छ ।
• नागरिक एप्समा आधारित डिजिटल सेवा प्रणालीको विकास गर्ने सरकारले नीति लिएको छ ।

 ‘जेनजी’ पुस्तालाई प्राथमिकता

• युवा लक्षित स्टार्टअप कार्यक्रम
• उद्यमशीलता प्रवर्द्धन र आन्तरिक रोजगारी सिर्जना

 पुँजी बजार सुधार

• नेपाल स्टक एक्सचेन्जको पुनर्संरचना
• धितोपत्र बोर्डको सुदृढीकरण

सार्वजनिक खर्चमा सुधार

• अनावश्यक संरचनाको खारेजी
• कर प्रणालीमा संरचनात्मक सुधार

 पूर्वाधार आयोजनाहरूको पुनःप्राथमिकिकरण

• स्रोत अभाव भएका आयोजना स्थगन
• त्रुटिपूर्ण आयोजनाको खारेजी

 डिजिटल बैंक स्थापनाको घोषणा

• नगदरहित कारोबारको प्रवर्द्धन
• सूचना प्रविधिमा आधारित डिजिटल अर्थतन्त्रको विकास

शिक्षा क्षेत्र सुधार

• विद्यालय शिक्षा ऐन निर्माण
• उद्यमशीलता-मैत्री शिक्षा प्रणाली विकास

 स्वास्थ्य बीमा प्रणाली सुधार

• सर्वसुलभ र भरपर्दो स्वास्थ्य बीमा
• सबै सहायता कार्यक्रम बीमामा समावेश

सहकारी क्षेत्रको सुधार 

• साना बचतकर्ताका लागि कोष स्थापना
• सहकारी ऋण असुली न्यायाधिकरण स्थापना

वैदेशिक रोजगारको व्यवस्थापन

• सुरक्षित र मर्यादित वैदेशिक रोजगारी
• सीपमूलक जनशक्ति उत्पादनमा जोड

संरचना विकास

• भृकुटीमण्डपलाई अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्र बनाउने
• त्रिवि क्रिकेट मैदानलाई आधुनिक बनाइने
• खेलकुद पूर्वाधार विकासमा निजी क्षेत्रको संलग्नता

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij