२०८३ साउन ९ शनिबार

पूर्वपश्चिम राजमार्गको दुम्कीबासमा डाइभर्सन बगाउँदा सडक अवरुद्ध

ई आर्थिक    शुक्रबार, बैशाख १९ २०८२
2.7K
Shares
पूर्वपश्चिम राजमार्गको  दुम्कीबासमा डाइभर्सन बगाउँदा सडक अवरुद्ध

ई-आर्थिक, नवलपरासी ।  पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट-बुटवल सडकको दुम्कीबासमा डाइभर्सन बगाउँदा राजमार्ग अवरुद्ध भएको छ।

शुक्रबार बिहान वियनी खोलामा आएको बाढीले डाइभर्सन बगाउँदा राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयले जनाएको हो। कार्यालयका सूचना अधिकारी मधु नेपालका अनुसार विनयी खोलाको पुल भत्किएको थियो।

जसका कारण राजमार्गमा सवारीसाधन आवागमन गराउन निर्माण गरिएको डाइभर्सन पनि बाढीमा बगेपछि मालबाहक तथा ठूला सवारीसाधन होङ्सी गेट तथा अरुणखोला क्षेत्रमा रोकिएका छन्।

यात्रुबाहक र साना सवारीसाधन भने वैकल्पिक बाटो हुँदै गन्तव्यतर्फ पठाइएको छ। अवरुद्ध सडक पूर्ण रुपमा सञ्चालन हुन समय लाग्ने सूचना अधिकारी नेपालले जानकारी दिए। रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij