ई-आर्थिक, काठमाडौं । प्रधानमन्त्री कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले चारवटा निर्माण कम्पनीलाई कालो सूचीमा राखेको छ ।
आज सूचना जारी गर्दै कार्यालयले विभिन्न निकायबाट कालो सूचीमा राख्नको लागि लेखि पठाएअनुसार चारवटा निर्माण कम्पनीलाई काली सूचीमा राखिएको जनाएको हो ।
सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम ती निर्माण कम्पनीलाई कालो सूचीमा राखिएको सूचनामा उल्लेख छ ।
तोकिएको मापदण्ड पूरा नगरेको भन्दै कार्यालयले बिल्ड ब्रदर्श कन्सट्रक्सन प्रालि गोंगबु, एसएम. कन्सट्रक्सन मकवानपुर, राना फर्निचर सःमलि उद्योग मध्य नेपाल लमजुङ र गौरीगोमा निर्माण सेवा सल्यानलाई कालोसूचीमा राखेको हो ।
कालोसूचिमा परेका कम्पनीहरुले कुनै पनि खरिद कारबाहीमा सहभागी हुन पाउने छैनन्
