२०८३ असोज ३ शनिबार

प्रभु बैंकद्वारा ‘ग्लोबल मनी वीक २०२५’ को अवसरमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

ई आर्थिक    शुक्रबार, चैत्र ८ २०८१
4.2K
Shares
प्रभु बैंकद्वारा  ‘ग्लोबल मनी वीक २०२५’ को अवसरमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

ई-आर्थिक, इलाम । प्रभु बैंक लिमिटेडले  ‘ग्लोबल मनी वीक २०२५’ को अवसरमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।  प्रभु बैंकको इलाम शाखाले इलाम नगरपालिका-०९ मा अवस्थित माउन्ट मेची उच्च माध्यमिक विद्यालयमा सफलतापूर्वक वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रमले स्थानीय विद्यार्थी तथा समुदायलाई वित्तीय ज्ञान प्रदान गर्दै सचेतना अभिवृद्धि गर्ने उद्देश्य राखेको थियो।

त्यसैगरी, हात्तीसुँडे शाखाले पनि ग्लोबल मनी विक २०२५ को अवसरमा वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको छ। हात्तीसुँडे शाखाले मकवानपुरको बकैया गाउँपालिकामा अवस्थित हानबिच लर्निङ सेन्टर (बकैया गाउँपालिका-०३) र श्री कालिदेवी माध्यमिक विद्यालय (बकैया गाउँपालिका-०९) मा वित्तीय सचेतना अभिवृद्धि गर्ने कार्यक्रम सम्पन्न गरेको हो।

“अनुसरण गर्नु अघि सोचौं, भोलिका लागि बुद्धिमानीपूर्ण वित्तीय निर्णय गरौं। ” भन्ने मूल नाराका साथ  भोलिका लागि बुद्धिमानीपूर्ण वित्तीय निर्णय गरौं। अरुका कुरा सुनौं तर आधिकारिक कुरा सुनि निर्णय गरौं।” नारासहित आयोजित यस कार्यक्रममा वित्तीय निर्णय क्षमता अभिवृद्धि गर्ने महत्वपूर्ण जानकारी प्रदान गरिएको थियो।

प्रभु बैंकद्वारा बुर्तिबाङमा ‘ग्लोबल मनी वीक २०२५’ को अवसरमा र्‍याली आयोजना

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij