२०८३ साउन ९ शनिबार

पोखराको कोटीहोमस्थलमा नगरप्रहरीले हस्तक्षेप गर्दा दोहोरो झडप, ११ नगरप्रहरी घाइते

ई आर्थिक    शुक्रबार, फाल्गुन २३ २०८१
6.3K
Shares
पोखराको कोटीहोमस्थलमा नगरप्रहरीले हस्तक्षेप गर्दा दोहोरो झडप, ११ नगरप्रहरी घाइते

ई–आर्थिक, पोखरा । पोखरा महानगरपालिकाले लेकसाइडमा लगाउने तयारी गरेको कोटीहोम महायज्ञ रोक्न खोज्दा झडप भएको छ ।

लेकसाइडमा कोटिहोमका लागि भूमिपुजन गर्न पोखरा महानगरले रोक्न लागेपछि झडप भएको हो । झडपमा परी एक दर्जन नगर प्रहरीसहित केही सर्वसाधारण घाइते भएका छन् ।

नेपाल ट्रस्ट मातहतको बाराहीघाटमा आज मानव सेवा फाउन्डेसनले कोटिहोमका निम्ति भूमि पूजन कार्यक्रम राखेको थियो। त्यसलाई रोक्न पुगेको महानगर प्रहरी र आयोजकबिच झगडा भएको हो।

अहिले बाराहीघाटमा बाक्लो संख्यामा नगर प्रहरी र प्रहरीहरू तैनाथ गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij