२०८३ साउन ९ शनिबार

बैंक तथा वित्तिय क्षेत्रहरुमा राष्ट्र बैंकले ४ अर्ब लगानी गर्ने

ई आर्थिक    आइतबार, फाल्गुन १८ २०८१
5.7K
Shares
बैंक तथा वित्तिय क्षेत्रहरुमा राष्ट्र बैंकले ४ अर्ब लगानी गर्ने

ई-आर्थिक, काठमाडौं ।   नेपाल राष्ट्र बैंकले विभिन्न कोषहरुमा रहेको रकम लगानी गर्ने बजारमा ४ अर्ब ७९ लाख रुपैयाँ प्रवाह गर्ने भएको छ  ।  नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको मुद्दति निक्षेपमा ४ अर्ब रुपैयाँ बढी लगानी गर्ने भएको हो ।  केन्द्रीय बैंकले  विभिन्न कोषमा रहेको ४ अर्ब ७९ लाख रुपैयाँ बैंक तथा वित्तीय संस्थाको मुद्दति निक्षेपमा लगानी गर्न लागिएको सूचनामार्फत जानकारी दिएको छ ।

केन्द्रीय बैंकले कुल रकममध्ये वाणिज्य बैंकमा  ३ अर्ब २० करोड ६५ लाख रुपैयाँ लगानी गर्नेछ भने विकास बैंकहरुमा ६० करोड ११ लाख रुपैयाँ लगानी सूचनामा उल्लेख गरेको छ साथै वित्त कम्पनीहरुमा २० करोड ३ लाख निक्षेप लगानी गर्ने भएको छ ।

राष्ट्र बैंकको सूचना अनुसार  इच्छुक बैंक तथा वित्तीय संस्थालाई ब्याजदर प्रस्ताव गर्न आह्वान गरेको हो ।

सूचना अनुसार बैंक तथा वित्तीय संस्थाले फागुन २० गतेसम्म ब्याजदर प्रस्ताव गर्नुपर्नेछ। यो मुद्दति निक्षेप सन् २०२५ मार्च १२ देखि सन् २०२६ मार्च १२ सम्म ३६६ दिनका लागि हुने राष्ट्र बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij