२०८३ साउन ९ शनिबार

मुगुको नाग्म-गमगढी सडक हिमपातका कारण अवरुद्ध अझै खुल्न सकेन्

ई आर्थिक    आइतबार, फाल्गुन १८ २०८१
5.3K
Shares
मुगुको नाग्म-गमगढी सडक हिमपातका कारण अवरुद्ध अझै खुल्न सकेन्

ई-आर्थिक, मुगु ।  बिहीबारदेखि परेको हिमपातका कारण अवरुद्ध नाग्म-गमगढी सडक अझै खुल्न सकेको छैन। सडक डिभिजन कार्यालय जुम्लाले एक्साभेटरको प्रयोग गरेर हिउँ पन्छाउन सुरु गरे पनि बाक्लो हिउँ परेकाले पन्छाउन समय लागेको जनाएको छ।

बाक्लो हिउँ जमेको र कतै पहिरो त कतै बिजुलीका पोल ढलेकाले सडक अवरुद्ध भएको छायाँनाथ रारा नगरपालिका वडा न ५ का स्थानीय शिवचन्द्र कार्कीले बताए। कर्णाली राजमार्गको जिया-बुलबुले खण्डमा पहिरो गएकाले रारा आउने पर्यटक तथा सवारीसाधन बाटोमै रोकिएको नेपालगञ्जबाट आउँदै गरेका कार्कीले जानकारी दिए।

सडकको अवरोध हटाउन सडक डिभिजन कार्यालय जुम्लाको एक्साभेटरसहित कर्मचारीहरु र नेपाली सेनाले काम गरिरहेको जनाइएको छ। आज साँझसम्म सडकको अवरोध हटाउने गरी काम भइरहेको प्रमुख जिल्ला अधिकारी कमलप्रसाद पाण्डेले बताए।

जिल्लाको भुलभुले, सिप्टिचौर, सातमोडका सडकमा सवारीसाधन आउजाउ गर्न कठिन भइरहेको छ। हिमपातका कारण मुगु जाने १७ वटा गाडी र यात्रुहरु तीन दिनदेखि बाटोमै अड्किएको यात्रु कार्कीले टेलिफोनमार्फत जानकारी दिए। रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij