२०८३ साउन १२ मंगलबार

बबरमहलमा फुटेको मेलम्ची खानेपानीको पाइप मर्मत थालियो

ई आर्थिक    बिहिबार, फाल्गुन १ २०८१
2.9K
Shares
बबरमहलमा फुटेको मेलम्ची खानेपानीको पाइप मर्मत थालियो

ई-आर्थिक, काठमाडौं ।  नेपाल विद्युत प्राधिकरणले विद्युतका तार भूमिगत गर्नका लागि ‘होरीजोन्टल ड्रिलिङ’ गर्ने क्रममा बुधबार बबरमहलमा रहेको खानेपानीको थोक वितरण प्रणालीको फुटेको पाइप मर्मत कार्य सुरु गरिएको छ।

काठमाडौंमा वितरण गरिने थोक प्रणालीको पाइप गएरातिदेखि मर्मत गर्ने कार्य सुरु गरिएको काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) का प्रमुख कार्यकारी निर्देशक अशोककुमार पौडेलले जानकारी दिए।

उनले भने, ‘पाइप फुटेपछि पानी पुरै बगेर बबरमहल जलमग्न भएको थियो। पानी बन्द भएपछि गएरातिबाट हामीले मर्मतको सुरु गरेका छौँ। मर्मत सकिएपछि पानी बितरण प्रक्रिया सुरु गर्ने छौँ।’

विद्युतका तारहरु भूमिगत गर्नका लागि ‘होरीजोन्टल ड्रिलिङ’ गर्ने क्रममा बबरमहलमा रहेको खानेपानीको थोक वितरण प्रणालीको पाइप फुटेपछि जलमग्न भएको र विषेश अदालतसहितका सरकारी कार्यालयमा पानी पसेर क्षति गरेको थियो।

मेलम्ची खानेपानीको पाइपलाईन फुट्यो, बबरमहल क्षेत्र जलमग्न

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij