२०८३ साउन १० आइतबार

मेलम्ची खानेपानीको पाइपलाईन फुट्यो, बबरमहल क्षेत्र जलमग्न

ई आर्थिक    बुधबार, माघ ३० २०८१
6K
Shares
मेलम्ची खानेपानीको पाइपलाईन फुट्यो, बबरमहल क्षेत्र जलमग्न

ई-आर्थिक, काठमाडौं । मेलम्ची खानेपानीको थोक प्राणालीको पाइप फुट्दा काठमाडौंको बबरमहल क्षेत्र जलमग्न भएको छ।

आज दिउँसो विद्युत् प्राधिकरणले विद्युत्का तारहरू अण्डरग्राउण्ड गर्नका लागि ‘होरिजोन्टल ड्रिलिङ’ गर्ने क्रममा बबरमहलस्थित खानेपानीको थोक वितरण प्रणालीको पाइप फुटेपछि सो क्षेत्र जलमग्न भएको हो।

काठमाडौं उपत्यका खानेपानी आयोजना कार्यान्वयन निर्देशनालय (पीआईडी) का प्रमुख टीकाबहादुर चौधरीले विद्युतका तारहरू अण्डरग्राउण्ड गर्नका लागि ‘होरिजोन्टल ड्रिलिङ’ गर्ने क्रममा खानेपानीको थोक वितरण प्रणालीको पाइप फुटेको जानकारी दिए।

उनले भने, ‘पाइप फुटेपछि पानी वितरण गर्ने भल्ब बन्द गरी पाइप सफा गर्ने काम (वास आउट) भइरहेको छ। हालसम्म पानी बग्न भने रोकिएको छैन।’

पाइप फुटेर पानी पसेपछि बबरमहलस्थित विशेष अदालतसहित वरपरका सरकारी भवन जलमग्न बनेका थिए भने केही सवारीसाधन डुबानमा समेत परेका थिए।

खानेपानी मन्त्री यादवद्वारा बबरमहल क्षेत्रको निरीक्षण

खानेपानी मन्त्री प्रदीप  यादवले खानेपानीको पाइपले फुटेर क्षति भएको  बबरमहल क्षेत्रको निरीक्षण गरेका छन्  ।

आज दिउँसो नेपाल विद्युत प्राधिकरणले विद्युतका लाइन भूमिगत गर्नका लागि होरीजोन्टल ड्रिलिङ गर्ने क्रममा काठमाडौंको बबरमहलमा रहेको खानेपानी थोक वितरण प्रणालीको पाइप फुटेको खानेपानी मन्त्री यादवले बताए ।

उनले भने- ‘ म कार्यक्रमको लागि पोखरामा थिए । पाइप फुटेर बबरमहल क्षेत्रमा जलमग्न अवस्था सिर्जना भएको खबर पाउनासाथ तत्काल काठमाडौ आइ अहिले पाइप फुटेर पानी बगिरहेको ठाउँ बबरमहलमा आएको छु ।
पानी बन्द गर्नकालागि काठमाडौ उपत्यका खानेपानी लिमिटेड, पिआइडि प्रमुखलाई निर्देश दिएको छु ।’


अहिले करिब ५० प्रतिसत पानी घटिसकेको छ । मन्त्रालयका सचिव इ प्रमिलादेबि शाक्य, बज्राचार्य, केयूकेएलका सिइओ अशोककुमार पौडेल, पिआइडिका प्रमुख टिकाबहादुर चौधरी सहित मन्त्रालयको टोलि पानी निकास र रोकथामका लागि बबर महलमै छौ । पानी जमेर त्यहाँ रहेका सवारीसाधनहरू डुबानमा परेको तथा आवतजावतमा समस्या उत्पन्न भएको खबर प्राप्त हुनासाथ, काठमाडौं उपत्यका खानेपानी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत लाई भल्भ बन्द गर्न तथा वास(आउट खोल्न निर्देशन दिएको छु उनले भने ।

हाल उक्त क्षेत्रमा पानी आपूर्ति बन्द गरिएको छ। पाइप फुटेर पानी पसेपछि बबरमहल स्थित विशेष अदालत लगायतका सरकारी भवनहरू जलमग्न बनेको घटनाले मलाई गहिरो दु:ख लागेको बताएका छन् । संबन्धित निकायहरूले शीघ्र मर्मत कार्य गरी जनजीवन सुचारु गर्ने विश्वास दिलाउन चाहन्छु उनी बताउछन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij