२०८३ साउन ९ शनिबार

ललितपुर सातदोबाटोको अवैध कल सेन्टरमा सीआईबीको छापा, दुई भारतीय सहित ५३ जना पक्राउ

ई आर्थिक    मंगलबार, पौस २३ २०८१
8.8K
Shares
ललितपुर सातदोबाटोको अवैध कल सेन्टरमा सीआईबीको छापा, दुई भारतीय सहित ५३ जना पक्राउ

ई–आर्थिक, काठमाडौं । ललितपुरको सातदोबाटोस्थित एक अवैध कल सेन्टरबाट दुई जना भारतीय सहित ५३ जना पक्राउ परेका छन् ।

केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले सोमबार राति छापा हानेर उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेमध्ये दुईजना भारतीय बाहेक बाँकी सबै नेपालीहरु रहेको सीआईबीले जानकारी दिएको छ ।

कल सेन्टरबाट सीआईबीले ८५ वटा ल्याप्टपका साथै ८२ वटा मोबाइल बरामद गरेको छ । प्रारम्भीक अनुसन्धानबाट पक्राउ परेका व्यक्तिहरुले सातदोबाटोमा कल सेन्टर चलाएर अनलाइन जुवा लगायत अवैध गतिविधि गरिरहेको खुलेको छ ।

आज उनीहरुलाई म्याद थप गरी विस्तृत अनुसन्धान गरिने सीआईबीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij