२०८३ साउन १० आइतबार

उद्योगहरूमा लोडशेडिङ किन, अहिले कति विद्युत् उत्पादन हुन्छ ?

ई आर्थिक    बुधबार, पौस ३ २०८१
6.8K
Shares
उद्योगहरूमा लोडशेडिङ किन, अहिले कति विद्युत् उत्पादन हुन्छ ?

काठमाडौं । नेपालमा हिउँदमा बिजुलीको माग बढ्छ तर पूर्ण क्षमतामा उत्पादन भने हुँदैन। देशको सर्वाधिक क्षमताको जलविद्यु्त् आयोजनाको उत्पादन समेत अवरुद्ध हुँदा यो वर्ष अनपेक्षित ऊर्जा समस्या देखा परेको छ।

त्यसैले बिजुलीको सर्वाधिक माग र खपत हुने ‘पीक आवर’मा औद्योगिक क्षेत्रमा विद्युत् कटौती हुने कुरा “यथार्थ” भएको नेपाल विद्युत् प्राधिकरणका प्रवक्ताले बीबीसीलाई बताएका छन्। नेपालमा अपराह्ण ५ बजेदेखि राति ९ बजेसम्म बिजुलीको सर्वाधिक माग र खपत हुने गरेको छ।

नेपालमा झन्डै एक दशकअघि लोडशेडिङ हुन छाडेको भए पनि केही सातादेखि अहिले फेरि अघोषित रूपमै हुन थालेको भन्दै सर्वसाधारण उपभोक्ताहरूले गुनासो गर्न थालेका छन्।

दैनिक मुख्य माग हुने समयमा भारतबाट बिजुली आयात हुने अवस्था नरहेकाले माग सन्तुलन गर्न ठूला उद्योगहरूमा बिजुली काट्ने अवस्था आएको प्राधिकरणका प्रवक्ता चन्दनकुमार घोष बताउँछन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij