तस्विर : महेश यादवको फेसवुकको वालबाट साभार ।
समाचार प्रभाव/फलोअप
काण्ड ढाकछोप गर्न शक्ति केन्द्रमार्फत आर्थिक प्रलोभनको ‘टुल्स’ प्रयोग गरिदै
ई–आर्थिक, काठमाडौं । जलस्रोत तथा सिंचाइ विकास डिभिजन खोटाङका प्रमुख महेश यादव कारवाहीबाट बच्न शक्ति केन्द्र धाउन थालेको बुझिएको छ । आफू ओखलढुंगामा कार्यरत रहुँदा ओखलढुंगा जिल्लाको चम्पादेवी गाउँपालिका वडा नं. ४ को लालिखोला नयाँ प्रविधि सिंचाई आयोजनामा यादवलगायतको मिलेमतोमा भएको अनियमितता ढाकछोप गर्न उनी शक्ति केन्द्र धाउन थालेको बुझिएको हो ।
उनी संलग्न यो काण्डको समाचार ई–आर्थिक डट कमले प्रकाशित गरेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासले छापा मारेको थियो । अख्तियारका हालका प्रमुख/सह–सचिव रामबहादुर कुरुमवाङ प्युठान र बर्दियामा सिडियो हुँदाका साथीलाई प्रयोग गरेर काण्ड मिलाइदिन प्रमुख यादवले अनुरोध गरिरहेको स्रोतले जानकारी दिएको छ । त्यसका लागि उनेल ठूलै आर्थिक प्रलोभनका ‘टुल्स’ प्रयोग गर्ने प्रयासमा रहेको बुझिएको छ ।
प्रमुख यादबले उक्त काण्डबाट बच्न मोटो रकम नै खर्च गर्ने तयारी भइरहेको पनि स्रोतले जानकारी दिएको छ ।
अख्तियरबाट छापा मार्न जाँदा स्थानीय कृषकहरुले आफूले तिरेको करको दुरुपयोग गरी लाखौंको योजना लथालिङ्ग पारी कृषि उत्पादनबाट बञ्चित गराउने भ्रष्टाचारीलाई कुनै हालतमा छोड्न नहुने भन्दै आक्रोश व्यक्त गरेका थिए ।
स्थानीय वडा अध्यक्षलाई मुचुल्कामा हस्ताक्षर गराउन खोज्दा यहाँ अनियमितता भएकै हो त्यसैले आफूले हस्ताक्षर नगर्ने भन्दै पन्छिएको एक स्थानीयले जनाकारी थिए ।
काण्ड ढाकछोप गर्न यतिवेला प्रमुख यादवले गरिरहेको दौडधुपले भ्रष्टाचारी कारवाहीबाट बच्ने होकी भन्ने विषयमा स्थानीयहरु सशंकित भएका छन् ।
अनियमितता के थियो ?
जलस्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय खोटाङका प्रमुख सिनियर डिभिजनल इन्जिनियर महेश यादवलगायतको संलग्नतामा अनियमितता भएको थियो । आफू ओखलढुंगामा कार्यरत रहुँदा ओखलढुंगा जिल्लाको चम्पादेवी गाउँपालिका वडा नं. ४ को लालिखोला नयाँ प्रविधि सिंचाई आयोजनामा यादवको मिलेमतोमा अनियमितता भएको थियो । यादव प्रमुख हुँदा र इन्जिनियर उदित ठाकुरको समेत मिलेमतोमा उक्त अनियमितता भएको स्रोतले दाबी गरेको थियो । त्यसैगरी यो अनियमिततामा लेखा प्रमुख राजिव सम्तेलको समेतको मिलेमतो रहेको बुझिएको छ ।
आयोजनाको सामान खरिद नगरी लाखौं रुपैयाँ बजेट निकासा भएको पाइएको थियो । यादबलगायलको अनियमितता वाहिरिन थालेपछि उनले धेरै बर्षपछि केही रकम दिएर सामान खरिद गराउने प्रयास गरेका थिए । यद्यपी अहिलेसम्म सामान भने किनि नसकिएको बताइएको छ । आ.ब. २०७६/०७७ मा भएको उक्त अनियमितता हालसम्म गुपचुप भएको थियो । त्यही विषयमा ई–आर्थिक डट कमले जलस्रोत तथा सिंचाई विकास डिभिजन खोटाङका प्रमुख महेश यादवको अनियमितता बाहिरिदै शिर्षकमा समाचार प्रकाशित गरेको थियो ।
उक्त आयोजना निर्माण नहुँदै लाखौं रकम भुक्तानी गरेर कार्यालय प्रमुख विद्यावारिधि (पीएचडी) गर्नका लागि जापान गएका थिए । त्यसैगरी अन्य कर्मचारीहरु अन्यत्र सरुवा भएर गएका थिए । उपभोक्ता समितिमार्फत भुक्तानी गरिएको देखिए पनि कार्यालय प्रमुख हुँदा यादबकै मिलेमतोमा हिनामिना भएको ठहर गरिएको छ । ‘सिष्टम अनुसार बजेट निकासा भएको नदेखिपछि कार्यालय प्रमुख स्वतः यसमा सहभागी पुष्टी हुन्छ ।’ मन्त्रालयले स्रोतले भनेको थियो– त्यसरी सामान खरिद नगरी बजेट निकासा गरेको भए कार्यालय प्रमुखको मिलेमतो विना संभव नै हुदैन ।’ यो घटनाको छानविन हुने मन्त्रालय स्रोतले पनि ई–आर्थिकलाई बताएको थियो ।
यो घटनाले इन्जिनियर यादब र ठाकुरलगायतलाई उनीहरुलाई निक्कै अफ्ठ्यारो परिरहेको बुझिएको छ । स्रोतका अनुसार आयोजनाको यो अनियमितता स्थानीय उपभोक्ताले थाहा पाइसके । त्यसैगरी अख्तियारले छापा मारिसक्यो र विभागीय मन्त्रालय समेतमा यो विषय फैलिदैछ ।
इन्जिनियर यादबसहितको मिलेमतोमा भएको उक्त अनियमितताले स्थानीय उपभोक्ताहरुले आफूहरुलाई ठूलो अन्याय भएको बताएका छन् । उपभोक्ताहरुले यस काण्डको निष्पक्ष छानविन गरी संलग्नलाई कारवाहीको माग गर्दै आइरहेका छन् ।
एक स्थानीय भन्छन्– ‘हामीले तिरेको करबाट तलब र सुविधा लिएर उहाँहरुले सरकारी सेवा दिनुपर्छ । उहाँहरुले मिलि–मिलि यस्तो अनियमितता गर्ने छुट छैन् ।’
यस विषयमा उपभोक्ता समितिका अध्यक्ष कुमारी कार्कीलाई सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन ।
यसबारेमा विभागीय मन्त्रालय बेखबर नै रहिरहेको हो कि भन्ने अनुमान लगाइएको छ । यद्यपी अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासले भने यादव र ठाकुरले गरेको अनियमिततामा भने चासो राखेको छ । ‘सानो ठूलो जस्तै अनियमितता भएपनि भ्रष्टाचार नै हो ।’ कार्यालयका प्रमुख सह–सचिव रामबहादुर कुरुमवाङले भने– ‘यस्तो अनियमितताको निष्पक्ष छानविन हुन्छ ।’