२०८३ साउन ९ शनिबार

जलस्रोत तथा सिंचाई विकास डिभिजन खोटाङका प्रमुख महेश यादवको अनियमितता बाहिरिदै

ई आर्थिक    शनिबार, कार्तिक २४ २०८१
13.5K
Shares
जलस्रोत तथा सिंचाई विकास डिभिजन खोटाङका प्रमुख महेश यादवको अनियमितता बाहिरिदै

तस्विर : महेश यादवको फेसवुकको वालबाट साभार ।

आयोजनाको सामान खरिद नगरी लाखौ रुपैयाँ झ्वाम्

ई–आर्थिक, काठमाडौं । जलस्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय खोटाङका प्रमुख सिनियर डिभिजनल इन्जिनियर महेश यादवलगायतले गरेको अनियमितता बाहिरिन थालेको छ । आफू ओखलढुंगामा कार्यरत रहुँदा ओखलढुंगा
जिल्लाको चम्पादेवी गाउँपालिका वडा नं. ४ को लालिखोला नयाँ प्रविधि सिंचाई आयोजनामा यादवको मिलेमतोमा अनियमितता भएको हो । प्राप्त समाचार अनुसार यादव प्रमुख हुँदा र इन्जिनियर उदित ठाकुरको समेत मिलेमतोमा उक्त अनियमितता भएको स्रोतको दाबी छ । त्यसैगरी यो अनियमिततामा लेखा प्रमुख राजिव सम्तेलको समेत मिलेमतो रहेको बुझिएको छ ।

‘आयोजनाको सामान खरिद नगरी लाखौं रुपैयाँ बजेट निकासा भएको पाइयो’ समाचार स्रोत दाबी गर्छ– ‘यादबलगायलको अनियमितता वाहिरिन थालेपछि उनले धेरै बर्षपछि केही रकम दिएर सामान खरिद गराउने प्रयास गरिरहेको बुझिएको छ ।’ यद्यपी अहिलेसम्म सामान भने किनिएको छैन । आ.ब. २०७६/०७७ मा भएको अनियमितता हालसम्म गुपचुप भएको छ ।

उक्त आयोजना निर्माण नहुँदै लाखौं रकम भुक्तानी गरेर कार्यालय प्रमुख विद्यावारिधि (पीएचडी) गर्नका लागि जापान गएका थिए । त्यसैगरी अन्य कर्मचारीहरु अन्यत्र सरुवा भएर गएका थिए । उपभोक्ता समितिमार्फत भुक्तानी गरिएको देखिए पनि कार्यालय प्रमुख हुँदा यादबकै मिलेमतोमा हिनामिना भएको ठहर गरिएको छ । ‘सिष्टम अनुसार बजेट निकासा भएको नदेखिपछि कार्यालय प्रमुख स्वतः यसमा सहभागी पुष्टी हुन्छ ।’ मन्त्रालयले स्रोत भन्छ– त्यसरी सामान खरिद नगरी बजेट निकासा गरेको भए कार्यालय प्रमुखको मिलेमतो विना संभव नै हुदैन ।’ यो घटनाको छानविन हुने मन्त्रालय स्रोतको भनाई छ ।

यो घटनाले इन्जिनियर यादब र ठाकुरलगायतलाई निक्कै अफ्ठ्यारो परिरहेको बुझिएको छ । स्रोतका अनुसार आयोजनाको यो अनियमितता स्थानीय उपभोक्ताले थाहा पाइसके । त्यसैगरी अख्तियार र विभागीय मन्त्रालय समेतमा फैलिदैछ ।

इन्जिनियर यादबसहितको मिलेमतोमा भएको उक्त अनियमितताले स्थानीय उपभोक्ताहरुले आफूहरुलाई ठूलो अन्याय भएको बताएका छन् । उपभोक्ताहरुले यस काण्डको निष्पक्ष छानविन गरी संलग्नलाई कारवाहीको माग गरेका छन् ।

एक स्थानीय भन्छन्– ‘हामीले तिरेको करबाट तलब सुविधा लिएर उहाँहरुले सरकारी सेवा गरिरहनुभएको छ । उहाँहरुले मिलि–मिलि यस्तो अनियमितता गर्ने छुट छैन् ।’

यस विषयमा उपभोक्ता समितिका अध्यक्ष कुमारी कार्कीलाई सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन ।

घटनाको विषय बाहिरिदा समेत कुनै पनि निकायले कारवाहीको उचित कदम चालेको छैन् । यसरी हेर्दा यसमा अन्य निकायको समेत संलग्नता रहेको छ की भन्ने आशंका स्थानीयको छ ।

यसबारेमा विभागीय मन्त्रालय बेखबर भएको छ । यद्यपी अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासले भने यादव र ठाकुरले गरेको अनियमिततामा चासो राखेको छ । ‘सानो ठूलो जस्तै अनियमितता भएपनि भ्रष्टाचार नै हो ।’ कार्यालयका प्रमुख सह–सचिव रामबहादुर कुरुमवाङले भने– ‘यस्तो अनियमितताको छानविन हुन्छ ।’ यस वारेमा लिन खोज्दा कार्यालयका सुचना अधिकारी तुलसी राम पौडेल भने धेरै पटक सम्पर्क गर्दा समेत फोन उठाएनन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij