२०८३ साउन ९ शनिबार

बैंकिङ प्रणालीबाट ४० अर्ब खिच्दै राष्ट्र बैंक

ई आर्थिक    बुधबार, मंसिर २६ २०८१
5.4K
Shares
बैंकिङ प्रणालीबाट ४० अर्ब खिच्दै राष्ट्र बैंक

ई-आर्थिक, काठमाडौं । नेपाल राष्ट्र बैंकले आज बैंकिङ प्रणालीबाट आज फेरि ४० अर्ब खिच्दै  छ । चालु आर्थिक वर्ष २०८१/८२ को तीन महिनामा ७८ खर्ब ३३ अर्ब ४० करोड रुपैयाँ (कारोबारमा आधारित) तरलता प्रशोचन  गरेको छ।  नेपाल राष्ट्र बैङ्कका अनुसार निक्षेप सङ्कलन बोलकबोलमार्फत पाँच खर्ब ९० अर्ब ५५ करोड र स्थायी निक्षेप सुविधामार्फत ७२ खर्ब ४२ अर्ब ८५ करोड गरी कुल ७८ खर्ब ३३ अर्ब ४० करोड तरलता प्रशोचन गरेको जनाएको छ ।

राष्ट्र बैंकले  तरलता असन्तुलनका कारण अर्थतन्त्रमा समस्या नआओस् भन्ने उद्देश्यले राष्ट्र बैङ्कले तरलताको व्यवस्थापन गर्ने काम गर्दै आएको छ । विभिन्न वित्तीय औजारको प्रयोग गरी राष्ट्र बैङ्कले बजारमा धेरै तरलता भए प्रशोचन गर्ने र कम भए प्रवाह गर्ने गर्दछ । तरलता कम भएमा रिपो जारी गरेर तरलता प्रवाह गरिन्छ भने अधिक भएमा रिभर्स रिपो जारी गरी तरलता प्रशोचन गरिन्छ ।

बैंकिङ प्रणालीमा अधिक तरलता थुप्रिएपछि नेपाल राष्ट्र बैंकले लगातार निक्षेप संकलन उपकरण प्रयोग गर्दै पैसा खिचिरहेको छ ।

केन्द्रीय बैंकले आज मंसिर २६ गते फेरि बैंकिङ प्रणालीबाट ४० अर्ब रुपैयाँ तान्ने भएको छ । अधिक तरलता व्यवस्थापन गर्न केन्द्रीय बैंकले निक्षेप संकलन उपकरणको प्रयोग गर्दै बैंकिङ प्रणालीबाट आज फेरि पैसा खिच्न लागेको हो। यसका लागि आज दिउँसो २ बजे बोलकबोल हुने राष्ट्र बैंकले जनाएको छ ।

निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन् ।

निक्षेप संकलनको बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ भने बहुब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिने राष्ट्र बैंकले जनाएको छ । निक्षेप संकलन उपकरणको बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउनेछन् ।

यो २१ दिने निक्षेप संकलन उपकरणको पुस १७ गते साँवा तथा ब्याज भुक्तानी गरिने राष्ट्र बैंकले जनाएको छ ।

 

 

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij