२०८३ असोज ५ सोमबार

वाणिज्य बैंकहरुले चार महिनामा कमाए २२ अर्ब २९ करोड खुद नाफा, कुन बैंकको कति नाफा ?

ई आर्थिक    मंगलबार, मंसिर २५ २०८१
6.6K
Shares
वाणिज्य बैंकहरुले चार महिनामा कमाए २२ अर्ब २९ करोड खुद नाफा, कुन बैंकको कति नाफा ?

ई-आर्थिक, काठमाडौं ।  चालु आर्थिक वर्षको  कात्तिक सम्म वाणिज्य बैंकहरुले  २२ अर्ब २९ करोड रुपैयाँ खुद  नाफा कमाएका छन्।  नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको तथ्याङ्क अनुसार अधिकाँश बैंकहरुले गत वर्षको यसअवधिको तुलनामा नाफा बढाएका हुन् ।  गत आर्थिक वर्षको पहिलो  चार महिनामा वाणिज्य बैंकहरुले  २० अर्ब ७३ करोड रुपैयाँ नाफा कमाएका थियो  जुन गत वर्षको तुलनामा ७.५६ प्रतिशतलले नाफा बढि हो ।

नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार  गत वर्षको तुलनामा चालु आर्थिक वर्षको कात्तिकसम्ममा १३ बैंकले नाफा बढाएका छन्  भने  ७  वाणिज्य   बैंकको नाफा घटेको छ। राष्ट्रबैंकको तथ्याङ्क अनुसार  एनआइसी एशिया बैंकको भने नाफा सबैभन्दा धेरै ७१ प्रतिशतले घटेको छ भने राष्ट्रिय वाणिज्य बैंकको ५४ प्रतिशत र हिमालयन बैंकको ३९ प्रतिशतले घटेको छ।

चालु आर्थिक वर्षको पहिला ४ महिनाको तथ्याँक अनुसार नबिल बैंकले सबैभन्दा धेरै नाफा कमाएको छ, नबिल बैंकले कुल २ अर्ब ६९ करोड रुपैयाँ नाफा कमाएको छ। यस्तै ग्लोबल आइएमई बैंक कुल २ अर्ब ११ करोड नाफा कमाएर दोस्रो स्थानमा छ भने नेपाल इन्भेष्टमेन्ट बैंकको नाफा १ अर्ब ८२ करोड छ।

नेपाल इन्भेष्टमेन्ट बैंकले १ अर्ब ८२ करोड रुपैयाँ नाफा कमाउँदा प्राइम कमर्सियल बैंकले १ अर्ब ६२ करोड रुपैयाँ खुद नाफा कमाएको छ ।  कुमारी बैंकले १ अर्ब ५९ करोड रुपैयाँ र एभरेष्ट बैंकले १ अर्ब ५० करोड रुपैयाँ नाफा गरेका छन्। साथै, कृषि विकास बैंक भने २२ करोड रुपैयाँले घाटामा छ भने एनआइसी एशिया बैंकको नाफा ३८ करोड र सिटिजन्स बैंकको ४३ करोड छ।

यस्तै यस अवधिमा एनएमबि बैंकले १ अर्ब ४८ करोड रुपैयाँ, प्रभु बैंकले १ अर्ब २३ करोड रुपैयाँ, स्टाण्डर्ड चार्टर्ड बैंकले १ अर्ब १३ करोड रुपैयाँ, लक्ष्मी सनराइज बैंकले १ अर्ब ७ करोड रुपैयाँ, नेपाल एसबिआई बैंकले १ अर्ब रुपैयाँ खुद नाफा गरेका छन्।

यसैगरी,   सिटिजन्स इन्टरनेशनल बैंकले ४३ करोड ८६ करोड रुपैयाँ र एनआईसी एसिया बैंकले ३८ करोड ८१ लाख रुपैयाँ नाफा कमाउँदा कृषि विकास बैंक भने २२ करोड ७७ लाख रुपैयाँ खुद नोक्सानीमा गएको छ।

नेपाल बैंक लिमिटेडले ९३ करोड ६१ लाख रुपैयाँ, हिमालयन बैंकले ९१ करोड ८८ लाख रुपैयाँ, सिद्धार्थ बैंकले ६६ करोड ७८ लाख रुपैयाँ, माछापुच्छ्रे बैंकले ६८ करोड ९७ लाख रुपैयाँ, सानिमा बैंकले ६५ करोड १३ लाख रुपैयाँ र राष्ट्रिय वाणिज्य बैंकले ५५ करोड २७ लाख रुपैयाँ खुद नाफा गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij