ई-आर्थिक, काठमाडौं । नेपालमा बजारमा आज सुनको मूल्य बढेको छ । आज सुन प्रतितोला ९ सय रुपैयाले बढेको हो । विगत दुई दिनदेखि घटेको सुन आज बढेको छ ।
सोमबार र मङ्गलबार गरी प्रतितोला १८ हजार पाँच सय रुपैयाँले घटेको सुनको मूल्य आज बुधबार भने ९ सय रुपैयाँले वृद्धि भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले आज छापावाल सुन प्रतितोला एक लाख ४९ हजार छ सय रुपैयाँमा कारोबार भइरहेको जनाएको छ । बजारमा मङ्गलबार छापावाल सुन प्रतितोला एक लाख ४८ हजार सात सय रूपियाँमा कारोबार भएको थियो ।
यसैगरी, बुधबार चाँदीको मूल्यमा १० रुपियाँले वृद्धि भएको छ । आज चाँदीको मूल्य प्रतितोला १८ सय ३० रुपैयाँमा कारोबारो भएको महासंघले जनाएको छ ।
मङ्गलबार चाँदी प्रतितोला १८ सय २० रुपैयाँमा कारोबार भएको थियो ।