२०८३ साउन १० आइतबार

सयपत्री हाइड्रोपावरले शत प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने

ई आर्थिक    सोमबार, मंसिर ३ २०८१
5.1K
Shares
सयपत्री हाइड्रोपावरले शत प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने

ई-आर्थिक, काठमाडौं । सयपत्री हाइड्रोपावर लिमिटेडले शत प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने भएको छ । कम्पनीको मंसिर २ गते आइतबार बसेको सञ्चालक समितिको बैंठकले हाल कायम रहेको चुक्ता पूँजीको १ः१ अर्थात् एक शेयर बराबर एक शेयर अनुपातमा हकप्रद निष्कासन गर्ने निर्णय गरेको हो ।

साथै बैठकले उक्त निर्णय स्वीकृतिका लागि विद्युत नियमन आयोग समक्ष पेश गर्ने पनि जनाएको छ ।

आयोगबाट स्वीकृति प्राप्त भएपछि कम्पनीको आगामी आठौं वार्षिक साधारणसभामा प्रस्ताव पेश गरिने कम्पनीले नेप्से मार्फत जानकारी दिएको छ ।

हकप्रद शेयर निष्कासनपछि प्राप्त हुने रकम कम्पनीको ऋण तथा दायित्व भुक्तानी गर्न र दरम खोला ‘ए’ जलविद्युत आयोजनाको मर्मत सुधारका लागि उपयोग गरिने समेत कम्पनीको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij