२०८३ साउन १२ मंगलबार

अस्ताउँदो सूर्यलाई अर्घ दिएर आज छठ पर्व मनाइँदै

ई आर्थिक    बिहिबार, कार्तिक २२ २०८१
4.4K
Shares
अस्ताउँदो सूर्यलाई अर्घ दिएर आज छठ पर्व मनाइँदै

ई-आर्थिक, काठमाडौं । आज कार्तिक २२ गते छठ पर्व मनाइदै छ । प्रत्येक वर्ष कार्तिक शुक्ल षष्ठीका दिन मनाइने छठ पर्वको मुख्य दिन शुक्रबार साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ दिइँदैछ । छठ मनाउन नदिकिनारहरुमा बत्तिहरुले सजावट भएका छन् । छठ पर्व देशैभर मनाइदै आएको छ । विशेषरुपमा छठ पर्वमा नदि, पोखरीहरुमा वर्तालुहरु किनारामा बस्ने गर्छन् ।

पहिला पहिला तराई क्षेत्रमा छठ पर्वलाई विशेषरुपमा लिने गरिएको अहिले देशैभर यसको महत्व बढ्दै गएको छ । तिहारको समापनसँगै छठ पर्वको हर्षेल्लाष रुपमा सहरबजारमा चहलपहल सुरु भैसेकको छ । छठ पर्वमा उदाउदो र अस्ताउदो सूर्यको दर्शन गरिन्छ । छठ पर्व सूर्यदेवको अनुष्ठान गर्ने गरिन्छ ।

छठ सद्भाव अनि दातृत्वको प्रतीकरुपमा नदी, तालतलैया र पोखरीको किनारामा श्रृङ्गारीएर तयार पारिएका घाटहरू, केराका थम्बा, झिलिमिली बत्तीबिच अस्ताउँदो र उदाउँदो दुवै सूर्यको लालीकिरणलाई दूधको अर्घ्य दिएर मनाइने गरिन्छ ।

कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्व बुधबारदेखि शुरु भएको थियो । आज अस्ताउँदो सूर्यलाई र भोलि उदाउँदो सूर्यलाई अर्घ दिएपछि छठ पर्व सम्पन्न हुन्छ ।

सूर्य पुराणअनुसार सर्वप्रथम अत्रिमुनिकी पत्नी अनुसूयाले छठ व्रत गरेकी थिइन् । फलस्वरूप उनले अटल सौभाग्य र पतिप्रेम प्राप्त गरिन् । त्यही बेलादेखि ‘छठ पर्व’ मनाउने परम्पराको शुरुआत भएको तथ्य सूर्य पुराणमा उल्लेख छ ।

छठ पर्वमा व्रत गरे दुःख र दरिद्रताबाट मुक्ति पाइन्छ भन्ने जनविश्वास छ । यसमा झुप्पा–झुप्पा फलहरू चढाउँदा सूर्य देवता प्रसन्न भई व्रतालुका कुटुम्बसहित सबै सन्तानको भलो हुन्छ भन्ने मान्यता पाइन्छ । यस पर्वमा जो व्रत बस्न सक्दैन उसले अर्को व्रत गर्नेबाट व्रत गराउने गर्छन् । आर्थिक अभाव भएका मानिसहरु भिक्षा मागेरै भए पनि यो पर्व मनाउने गर्छन् ।

काठमाडौंका यी स्थानमा हुदै छठ

काठमाडौको ८ ठाउँमा छ्ठ मनाउने काठमाडौं महानगरपालिकाले व्यवस्था मिलाएको छ ।  काठमाडौै महानगरपालिका अनुसार गुहेश्वरी स्थित गौरीघाट,  , कोटेश्वर दोभान,  कमलपोखरी,   वंशीघाट,  बालाजु बाइसधारा, धौखेल खोला, कुमारी क्लब  र भुवनेश्वरी मन्दिरमा रहेको जनाएको छ ।

काठमाडौं महानगरपालिकाका छठ पर्व मनाउनका लागि पोखरी सरसफाइ, पोखरी वरिपरि रङ्गरोगन र छठ पर्व स्थल व्यवस्थापनको कामलाई द्रुतता  छ । काठमाडौं महानगरका मेयर शाहले छठ पर्वको हार्दिक शुभकामना व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij