२०८३ साउन १२ मंगलबार

विवादस्पद व्यवसायी गुरूङले दिएको जग्गा दानमा सर्वोच्चको अंकुश, सर्वोच्चको आदेशमा प्रम ओलीको कदम के होला ?

ई आर्थिक    मंगलबार, कार्तिक १३ २०८१
2.2K
Shares
विवादस्पद व्यवसायी गुरूङले दिएको जग्गा दानमा सर्वोच्चको अंकुश, सर्वोच्चको आदेशमा प्रम ओलीको कदम के होला ?

ई–आर्थिक, काठमाडौं । विवादस्पद व्यवसायी मीनबहादुर गुरुङले एमाले पार्टीलाई दान दिएको जग्गालाई सर्वोच्च अदालतले अंकुश लगाइदिएको छ । जग्गादानको बदलामा प्रतिफलको जोखिम रहेको भन्दै तत्काल हक हस्तान्तरण नगर्न भन्दै सर्वोच्चले आदेश दिएको हो । सर्वोच्चले उक्त दानमा लिएको जग्गामा पार्टी कार्यालय भवन निर्माण तत्काल अघि नबढाउन समेत अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।

न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासले रिट निवेदक ज्ञान बस्नेत समेत र विपक्षी नेकपा एमाले, व्यवसायी मीनबहादुर गुरुङलाई छलफलमा बोलाएको हो ।
दशैको घटस्थापनाको दिन किर्तिपुरमा १० रोपनी १४ आना जग्गामा कुनै पनि संरचना तत्काल नवनाउन आदेश भएको हो । ।

सर्वोच्च अदालतका प्रवक्ता अच्युत कुइकेलले आदेशको लिखित रुप प्राप्त भइनसकेको बताए ।

सर्वोच्च अदालतले जग्गा दाता मीनबहादुर गुरुङ र लिने एमालेलाई त्यसको कारण देखाउन समेत माग गरेको छ ।
सर्वोच्चको यो निर्णय पछि सबैको ध्यान पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीमा गएको छ । सरोकारवाला सबैको चासो भएको छ ओलीले यसवारेमा कस्तो निर्णय लेलान ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij