२०८३ साउन ९ शनिबार

विजया दशमीको टिका आज, शुभसाइत विहान ११ः३६ बजे

ई आर्थिक    शनिबार, असोज २६ २०८१
3.3K
Shares
विजया दशमीको टिका आज, शुभसाइत विहान ११ः३६ बजे

ई–आर्थिक, काठमाडौं । वि.सं. २०८१ को बडादशैंको टिका आज रहेको छ । सो टिका शुभसाइत बिहान ११ः३६ बजे रहेको छ ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले शुभसाइत सार्वजनिक गरेको साइत अनुसार असोज २६ गते शनिबार विजया दशमीको दिन देवी बिसर्जन बिहान ८ः३३ बजे शुभ साइत रहेको छ ।

टीका लाइदिने (पूर्व मोहडा) र टीका लगाइ माग्ने पश्चिम फर्केर लगाउनुपर्ने छ । टीका लगाउने शुभसाइत बिहान ११ः३६ बजे रहेको पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।

असोज ४ गते समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुंगेल, सदस्य प्रा।डा। देवमणि भट्टराई र अध्यक्ष प्राध्यापक श्रीकृष्ण अधिकारीद्वारा हस्ताक्षर गरिएको साइतमा सो कुरा उल्लेख छ ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij