२०८३ साउन १२ मंगलबार

शेयर बजारलाई दशैं लाग्यो, नेप्से परिसूचक २७.३९ अंकको गिरावट, कारोबार साढे ४ अर्बमा खुम्चियो

ई आर्थिक    मंगलबार, असोज २२ २०८१
5K
Shares
शेयर बजारलाई दशैं लाग्यो, नेप्से परिसूचक  २७.३९ अंकको गिरावट, कारोबार साढे ४ अर्बमा खुम्चियो

ई- आर्थिक, काठमाडौं । नेप्से परिसूचक आज  २७. २९ अंकले  घटेको छ । आज कारोबारको तेस्रो दिन  नेपाल स्टक एक्सचेन्ज (नेप्से) २७.३९ अंकले घटेको हो  । आज नेप्से १.०१ प्रतिशतले घटेर २६६२.३२ विन्दुमा पुगेको हो।  आज ४ अर्ब ५९ करोड ३७ लाख २७ हजार रुपैयाँ बराबरको १ करोड ३ लाख ३० हजार ५०२ कित्ता शेयर किनबेच भएको छ ।

३५ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने २०७ वटा कम्पनीको शेयर मूल्य घटेको छ । २ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ । ३०० वटा कम्पनी कारोबारमा आएको छ । आज ४५ हजार ८७० पटक शेयर किनबेच भएको छ । आज सबै समूह राताम्य भएको छ । मंगलबार सबैभन्दा बढी फाइनान्स समूह २.७६ प्रतिशतले घटेर ३ हजार २३९ विन्दुमा पुगेको छ भने सबैभन्दा कम वाणिज्य बैंक समूह ०.३६ प्रतिशतले घटेर १ हजार ५४५ विन्दुमा पुगेको छ । आज म्युचुअल फण्ड समूह स्थिर रहेर २०.७० विन्दुमा पुगेको छ ।

त्यस्तै, विकास बैंक समूह १.१७ प्रतिशतले, होटल एण्ड टुरिजम १.९३ प्रतिशतले, हाइड्रोपावर १ प्रतिशतले, लगानी १.४५ प्रतिशतले, जीवन बीमा १.०७ प्रतिशतले, उत्पादन तथा प्रशोधन १.७५ प्रतिशतले, लघुवित्त ०.९१ प्रतिशतले, निर्जीवन बीमा १.४५ प्रतिशतले, अन्य समूह १.०९ प्रतिशतले र ट्रेडिङ समूह १.२३ प्रतिशतले घटेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij