२०८३ साउन ९ शनिबार

नेपाल एसबिआई बैंक द्वारा बिराटनगर महानगरपालिकालाई सहयोग रकम हस्तान्तरण

ई आर्थिक    बिहिबार, असोज १७ २०८१
3.9K
Shares
नेपाल एसबिआई बैंक द्वारा बिराटनगर महानगरपालिकालाई सहयोग रकम हस्तान्तरण

ई- आर्थिक, काठमाडौं । नेपाल एसबिआई बैंक लिले  स्वच्छ तथा हरियाली वातावरण प्रवद्र्धन गर्ने उद्देश्यले बिराटनगर महानगरपालिकालाई सहयोग रकम हस्तान्तरण गरेको छ ।

नेपाल एसबिआई बैंक लि. ले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत स्वच्छ तथा हरियाली वातावरण प्रवद्र्धन गर्ने उद्देश्यले बरगाछी – रानी डिभाइडर सौन्दर्यकरण समिति, विराटनगरलाई बरगाछी – रानी ६ लेन सडकमा बृक्षरोपण कार्याक्रमका लागि आर्थिक सहयोग गरेको हो ।

उक्त सहयोग रकम बैंकका कोशी प्रदेश प्रमुख, रबिन घिमिरेले बिराटनगर महानगरपालिकाका मेयर, श्री नागेश कोइरालालाई औपचारिक रुपमा हस्तान्तरण गरेका थिए । सो कार्यक्रममा बैंक तथा महानगरपालिकाका अन्य पदाधिकारीहरु समेतको उपस्थिति रहेको थियो । बैंकले दिगो विकास तथा वातावरण संरक्षण गर्ने उदेश्यले यस्ता गतिविधिहरू समय समयमा सञ्चालन गर्दै आएको छ ।

हाल बैंकले १०० शाखा, २२ एक्सटेन्सन काउण्टर, ७ प्रदेश कार्यालय, १९ शाखारहित बैंकिङ सेवा, १२१ एटीएम र १ कर्पोरेट कार्यालय मार्फत सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij