२०८३ साउन ९ शनिबार

दसैँको लागि बसको अग्रिम टिकट बुकिङ शनिबारदेखि खुल्दै, घटस्थापनादेखि पूर्णिमासम्म नेपालभर रुट परमिट पनि खुला

ई आर्थिक    मंगलबार, असोज ८ २०८१
2.9K
Shares
दसैँको लागि बसको अग्रिम टिकट बुकिङ शनिबारदेखि खुल्दै, घटस्थापनादेखि पूर्णिमासम्म नेपालभर रुट परमिट पनि खुला

ई–आर्थिक, काठमाडौं । दसैँका लागि अग्रिम टिकट बुकिङ आउँदो शनिबारदेखि खुला हुने भएको छ ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ र यातायात व्यवस्था विभागबिच भएको छलफलमा बुकिङ आउँदो शनिबारदेखि हुने सहमति भएको यातायात व्यवसायी सरोज सिटौलाले जानकारी दिए ।

महासंघका वरिष्ठ उपाध्यक्ष समेत रहेका सिटौलाले भने, “असोज १२ गते शनिबारदेखि दसैँका लागि बसको अग्रिम टिकट बुकिङ खुला भयो ।”

यातायात व्यवस्था विभाग र महासङ्घबिच यस विषयमा सहमति भएसकेको पनि उनले जानकारी दिए । प्रत्येक बर्ष यसैगरी दशैं नजिकिदै गर्दा बसको अग्रिम टिकट खुला गर्ने गरिन्छ ।

घटस्थापनादेखि पूर्णिमासम्म नेपालभर रुट परमिट खुला

blog

यसैबीच असोज १७ गते घटस्थापनादेखि पूर्णिमाको दिनसम्म रुट परमिट खुला गर्ने निर्णय भएको छ। यातायात व्यवस्था विभागका निर्देशक एवम् प्रवक्ता ईश्वरी दत्त पनेरुका अनुसार दसैँ, तिहार र छठ पर्वमा काठमाडौँ उपत्यका बाहिर जाने र बाहिरका जिल्लाबाट काठमाडौँ प्रवेश गर्ने यात्रुहरूको यात्रालाई सहज र सुरक्षित बनाउनका लागि मंगलबार बसेको बैठकले सो निर्णय गरेको हो।

उहाँका अनुसार रुट परमिट खुला गर्ने निर्णय भए पनि यदि कुनै बाटोको विशेष प्रकृतिका कारण सो बाटोमा चल्न निषेध गरिएका आकार–प्रकारका सार्वजनिक सवारीलाई भने सो बन्देज कायमै रहने छ।

बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, यातायात व्यवस्था विभाग, सडक विभाग, नेपाल प्रहरी, ट्राफिक प्रहरी, यातायात व्यवसायी, उपभोक्ता सम्बद्ध संस्था लगायत सरोकारवाला निकायका पदाधिकारी सहभागी हुनुभएको थियो।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij