२०८३ साउन १२ मंगलबार

उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयमा सह–सचिवहरुको अन्यायपुर्ण सरुवा !

ई आर्थिक    शनिबार, भाद्र २९ २०८१
13.8K
Shares
उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयमा सह–सचिवहरुको अन्यायपुर्ण सरुवा !

ई–आर्थिक, काठमाडौं । उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयमा मन्त्री दिपक खड्का र राज्य मन्त्री पुर्णबहादुर तामाङको प्रवेश भए लगत्तै सह–सचिवहरुको अन्यायपुर्ण सरुवा चर्चा चुलिएको छ । उनीहरुको सरुवा सह–सचिवको योग्यता र क्षमताको कदरको आधारमा नभई पहुँचको आधारमा ‘राम्रो नराम्रो’ ठाउँमा लगिएको चर्चा यो क्षेत्रमा चुलिएको हो ।

प्राप्त समाचारका आधारमा सिंचाइ विभाग मातहत रहेको बागमती सिंचाइ आयोजनामा असोज महिनामा अवकाश हुन लागेका भिलानन्द यादवलाई हटायर रमेशकुमार सिंहलाई लगिएको छ । यादवलाई अफिस नै खडा नभयको र राम्रोसँग बस्ने कुर्सी टेवल समेत नभएको कालिगण्डकी तिनाउ डाईभरशन बहु–उद्देश्यीय आयोजानामा लगेर सह–सचिबको दर्जाकै खिल्ली उडाइएको चर्चा व्याप्त छ ।

त्यस्तै सुनसरी मोरङ सिंचाइ आयोजनामा कहि महिनामै अवकाश हुन लागेका निमित्त आयोजना प्रमुख कैलाश श्रेष्ठलाई हटायर सिंचाइ बिभाग मातहको सिनियर डिभिजन इन्जिनियर मनोहर शाहलाई नारायणी नदि ब्यबस्थापन आयोजना जस्तो आयोजनाबाट फेरि सुनसरी मोरङ सिंचाइ आयोजनामा लगिएको छ । उनलाई उर्जा तथा सिचाई क्षेत्रका इन्जिनियर मध्येकै सबैभन्दा धनी अर्थात ‘चाकडीबाज’मा अब्बल भनेर चिनिन्छन् । आम्दानीको दृष्टिकोणले सुनसरी मोरङ सिंचाई आयोजना ‘मालदार’ ठाउँ मानिन्छ ।

उनी सिंचाइमा प्रवेश भएदेखि नै पैसा कमाउने दृष्टिकोणमा राम्रो–राम्रो मानिने स्थानमा बस्न रुचाउने मध्यकै डिभिजनल इन्जिनियरमा पर्ने यो क्षेत्रका जानकारले बताएका छन् ।

त्यस्तै सिंचाइ बिभागमा प्रवेश भएको चार महिना पनि टिक्न नपाउदै उप–महानिर्देशक मोहन शाक्यलाई एमालेको ट्याग लगाउदै मन्त्रालको जगेडामा पु¥याइएको छ । त्यसैगरी सिंचाइ ब्यबस्थापन महाशाखाका उप–महानिर्देशक टीकाराम बराललाई पनि एमालेकै ट्याग लगायर मन्त्रालय कै जगेडामा हुत्याइएको छ ।

सो महाशाखामा भने सह–सचिवको दर्जामा कृषि समूहतर्फका देबराज निरौलालाई ल्याइएको छ । निरौला जलस्रोत तथा सिंचाइ बिभाग भरिकै ‘चतुर’ व्यक्ति भनेर चिनिन्छन् ।

उनी सिक्टा सिंचाइमा रहँदा सबैभन्दा थोरै अर्थात महिनामा १० मात्र नेपालगञ्ज गएर बाँकी समय काठमाडौमै बिताई हालसम्मकै असक्षम आयोजना प्रमुखको रुपमा गनिएका थिए ।

हाल उनी मोटो रकम साथमा लिएर केही व्यक्तीहरुको दलबल सहित महानिर्देशक हुने चलखेलमा लगेको कुरा सिंचाइ बिभाग सुत्र बताउछ । यदी उनीलाई महानिर्देशक बनाईयो भने सिंचाइ बिभाग मातहतका सबै जसो आयोजना लथालिङ्ग हुने ती सुत्रको दाबी छ ।

त्यस्तै डिभिजनल इन्जिनियर (डि.ई.) हरुको सरुवामा समेत व्यापक आर्थिक चलखेल भएको भन्दै सिनियर डिभिजनल इन्जिनियरहरुले असन्तुष्ट ब्यक्त गरेका छन ।

डि.ई.हरुको सरुवामा भने सबै भन्दा राम्रो ‘मालदार’ कार्यालय मानिएको एकिकृत नदि वेसिन सिंचाइ तथा जलस्रोत ब्यबस्थापन कार्यक्रम पुल्चोकमा सह–सचिव हटायर काङ्ग्रेस कै खोल ओडेका सधै मालदार अड्डामा मात्र बसेका डि.ई. उप–सचीव इश्वरीप्रसाद तिवारीलाई भेरी कोरिडोरबाट ल्याइएको छ ।

त्यस्तै सह–सचिवहरुलाई थन्क्याएर सबैभन्दा जुनियर उप–सचिव चक्र सिंह बमलाई नारायणी नदी ब्यबस्थापन आयोजना चितवनमा पठाईएको छ । उनी यो भन्दा पहिला पनि आफूभन्दा धेरै सिनियर डि.ई.लाई हटायर कोशी बक्राहा नदी ब्यबस्थापन आयोजनामा गएको आरोप लागेको थियो ।

यसरी गरिएको सरुवालाई सिचाई तथा जलस्रो क्षेत्रमा ‘मनलाग्दी’ भनि आरोप लागेको छ । यस्तो सरुवाले जलस्रोत तथा सिंचाइ मन्त्रालय मातहतका कार्यालयहरुको लक्ष्य हाँसिल नहुने दाबी तल्लो तहको कर्मचारीको छ ।

प्राविधिक जस्तो महत्वपूर्ण क्षेत्रमा गरिएको सरुवालाई राजनीतिक ओतप्रोतवाट भएको ती कर्मचारीहरुले आरोप लगाएका छन् । यस्तो कार्यले ती क्षेत्रको विकास र उन्नती हुने नभई तहस नहस हुने आशंका गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij