२०८३ साउन ९ शनिबार

धान आत्मनिर्भरका लागि प्रसस्तै कार्यक्रम सञ्चालनमा रहेको प्रधानमन्त्री ओलीको दाबी

ई आर्थिक    बिहिबार, भाद्र ६ २०८१
8K
Shares
धान आत्मनिर्भरका लागि प्रसस्तै कार्यक्रम सञ्चालनमा रहेको प्रधानमन्त्री ओलीको दाबी

ई–आर्थिक, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकलाई धान उत्पादनमा आत्मनिर्भर बनाउने गरी कार्यक्रम सञ्चालन भइरहेको जानकारी गराउनुभएको छ।

प्रतिनिधि सभाको आजको बैठकमा सांसदसँगको प्रश्नोत्तर कार्यक्रममा जवाफ दिँदै उहाँले हाल करिब दुई लाख हेक्टर क्षेत्रफलमा चैते धानको खेती गर्न सकिने र अपुग १० लाख मेट्रिकटन धान उत्पादन गरी आत्मनिर्भर बनाउन कार्यक्रम सञ्चालित रहेको उल्लेख गर्नुभयो।

उहाँले भन्नुभयो, “फलफूल, खाद्यान्न र तरकारीमा देशलाई आत्मनिर्भर गराउने योजनाका सम्बन्धमा मुलुक माछा, मासु, दुध र अण्डा उत्पादनमा आत्मनिर्भरताको नजिक पुग्न सफल भएको छ। तर तरकारी, फलफूल तथा खाद्यान्नमा पर निर्भरता बढ्दै जानु सरकारका लागि चिन्ताको विषय बनेको छ।”

प्रधानमन्त्री ओलीले सरकारले खाद्यान्नको आत्मनिर्भरताका लागि चैते धान प्रवर्द्धन, मसिना तथा बास्नादार धान प्रवर्द्धन, मकै वाली प्रवर्द्धन कार्यक्रमको साथै प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत सुपरजोनहरु निर्धारण गरी कार्यक्रम सञ्चालन गरेको जानकारी गराउनुभयो।

“धेरै आयात हुने तरकारी बालीमा आलु र प्याज उत्पादनलक्षित कार्यक्रमहरू प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत तरकारी तथा आलुको चार वटा सुपरजोन, ५६ वटा तरकारीका जोनमार्फत ९१ वटा स्थानीय तहमा तरकारी खेती प्रवर्द्धनका लागि पकेट कार्यक्रम सञ्चालन गरिएको छ”,उहाँले भन्नुभयो।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij