२०८३ असोज ७ बुधबार

सिद्धार्थ बैंकका ग्राहकहरुलाई आगन्तुक रिसर्टमा १५% सम्म छुट

ई आर्थिक    मंगलबार, साउन २९ २०८१
3.1K
Shares
सिद्धार्थ बैंकका ग्राहकहरुलाई आगन्तुक रिसर्टमा १५% सम्म छुट

ई–आर्थिक, काठमाडौं । सिद्धार्थ बैंक र आगन्तुक रिसर्ट प्रालि (काठमाडौंं धुलिखेल) बीच बैंकका ग्राहक महानुभावहरुलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।

सम्झौता अनुसार बैंकका ग्राहकहरुले धुलिखेल स्थित आगन्तुक रिसर्टमा बैंकको कार्ड तथा मोबाईल बैंकिङ्ग सेवाबाट भुक्तानी गर्दा फुड र बेभरेजमा १५% सम्मको र रुम ट्यारिफमा १०% सम्मको छुट प्राप्त गर्न सक्नुहुनेछ ।

यस सम्झौताले ग्राहकहरुलाई छुटको सुविधा उपलब्ध गराउनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारमा जान पनि उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ ।

बैंकले डिजिटल भुक्तानीको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्ने क्रममा केहि समय अघि मात्रै ‘सिद्धार्थ रिवार्डस’ नामक लोयल्टी सेवा पनि सञ्चालनमा ल्याएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij