२०८३ असोज ७ बुधबार

इन्द्रजात्रा विधिवत् सुरु, आज उपाकु पर्व मनाइँदै

ई आर्थिक    बुधबार, असोज ७ २०८३
190
Shares
इन्द्रजात्रा विधिवत् सुरु, आज उपाकु पर्व मनाइँदै

काठमाडौँ । काठमाडौँ उपत्यकाको प्रसिद्ध सांस्कृतिक पर्व इन्द्रजात्रा (येँया) बुधबारदेखि विधिवत् रूपमा सुरु भएको छ। बिहान ७ः४१ बजेको शुभ साइतमा इन्द्रध्वजोत्थान (यःसिं) गरेसँगै यस वर्षको इन्द्रजात्रा औपचारिक रूपमा सुरु भएको हो।

आठ दिनसम्म मनाइने इन्द्रजात्राको पहिलो दिन पुलुकिसी, लाखे र सवःभकु निकाल्ने परम्परा छ। इन्द्रजात्राको पहिलो दिनलाई विशेष रूपमा ‘उपाकु’ भनिन्छ।

उपाकुको अवसरमा आज साँझ नेवार समुदायले दिवंगत आफन्तको सम्झनामा बत्ती (पाल्चाः) बाल्दै काठमाडौँका विभिन्न स्थानमा नगर परिक्रमा गर्ने परम्परा छ। मृतकको आत्माको शान्तिको कामना गर्दै यो परम्परा मनाउने गरिन्छ।

इन्द्रजात्राका क्रममा विभिन्न देवीदेवताका रथयात्रा, सांस्कृतिक नाच तथा परम्परागत जात्रा आयोजना हुने गर्छन्। काठमाडौँको मौलिक संस्कृति, परम्परा र धार्मिक आस्थासँग जोडिएको इन्द्रजात्रामा ठूलो संख्यामा भक्तजन तथा दर्शक सहभागी हुने गर्छन्।

इन्द्रजात्राको अन्तिम दिन ‘नानीचा याः’ मनाइन्छ। उक्त दिन इन्द्रध्वजा (यःसिं) ढालेपछि यस वर्षको इन्द्रजात्रा औपचारिक रूपमा समापन भएको मानिन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij