२०८३ असोज ७ बुधबार

सिद्धार्थ बैंकका ग्राहकहरूलाई दूसीत् प्रिन्सेस् काठमाडौंमा १५ प्रतिशतसम्म छुट

ई आर्थिक    मंगलबार, साउन १५ २०८१
5.4K
Shares
सिद्धार्थ बैंकका ग्राहकहरूलाई दूसीत् प्रिन्सेस् काठमाडौंमा १५ प्रतिशतसम्म छुट

ई–आर्थिक, काठमाडौं । सिद्धार्थ बैंक र काठमाडौंको दूसीत् प्रिन्सेसबीच बैंकका ग्राहकलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ।

सम्झौता अनुसार बैंकका ग्राहकहरूले लाजिम्पाट स्थित दूसीत् प्रिन्सेसमा बैंकको कार्ड, मोबाइल बैंकिङ्ग तथा इन्टरनेट बैंकिङ्ग सेवाबाट भुक्तानी गर्दा फुड, बेभरेज र लजिङ्गमा १५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन्।

यस सम्झौताले ग्राहकहरूलार्ई छुटको सुविधा उपलब्ध गराउनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारमा जान पनि उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ।

यस समन्वयको बारेमा थप जानकारीका लागि बैंकको २४सै घण्टा खुला रहने ग्राहक सेवा केन्द वा ‘सिद्धार्थ केयर’मा सम्पर्क गर्न सक्नेछन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij