२०८३ साउन ९ शनिबार

सिद्धार्थ बैंकका ग्राहकहरुलाई मिराबेल रिसोर्टमा आकर्षक छुट

ई आर्थिक    आइतबार, भाद्र २३ २०८१
6.6K
Shares
सिद्धार्थ बैंकका ग्राहकहरुलाई मिराबेल रिसोर्टमा आकर्षक छुट

ई–आर्थिक, काठमाडौं । सिद्धार्थ बैंक र मिराबेल रिसोर्ट एण्ड होटेल प्रा. लि. (काभ्रे, धुलिखेल) बीच बैंकका ग्राहक महानुभावहरुलाई विभिन्न सेवामा आकर्षक छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।

सम्झौता अनुसार बैंकका ग्राहकहरुले धुलिखेल स्थित मिराबेल रिसोर्टमा बैंकको कार्ड तथा मोबाईल बैंकिङ सेवाबाट भुक्तानी गर्दा फुड र बेभरेजका साथै होटेल बसाई सेवामा १५% सम्मको छुट प्राप्त गर्न सकिने छ । यस सम्झौताले ग्राहकहरुलाई छुटको सुविधा उपलब्ध गराउनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारमा जान पनि उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ ।

बैंकले डिजिटल भुक्तानीको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्ने क्रममा केहि समय अघि मात्रै सिद्धार्थ रिवार्डस’ नामक लोयल्टी सेवा पनि सञ्चालनमा ल्याएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij