२०८३ असोज ७ बुधबार

सिद्धार्थ बैंकका ग्राहकहरुलाई हेयर एण्ड शान्ति ब्यूटी पार्लरमा १०% सम्मको छुट

ई आर्थिक    शनिबार, असार २२ २०८१
3.9K
Shares
सिद्धार्थ बैंकका ग्राहकहरुलाई हेयर एण्ड शान्ति ब्यूटी पार्लरमा १०% सम्मको छुट

ई–आर्थिक, काठमाडौं । सिद्धार्थ बैंक र कमलादिस्थित हेयर एण्ड शान्ति ब्यूटी पार्लरबीच बैंकका ग्राहकलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ।

सम्झौता अनुसार बैंकका ग्राहकहरूले हेयर एण्ड शान्ति ब्यूटी पार्लर अन्तर्गत देशभर रहेका १३ हेयर एण्ड शान्ति ब्यूटी पार्लरका शाखाहरूमा बैंक कार्ड तथा मोबाइल बैंकिङ्ग सेवाबाट भुक्तानी गर्दा १० प्रतिशतिसम्मको छुट पाउनेछन्।

यस सम्झौताले ग्राहकहरुलाई छुटको सुविधा उपलब्ध गराउनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारमा जान पनि उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ।
यस समन्वयको बारेमा थप जानकारीका लागि बैंकको २४सै घण्टा खुल्ला रहने ग्राहक सेवा केन्द्र ‘सिद्धार्थ रिवार्डस’ का निम्न माध्यमहरु मार्फत सम्पर्क गर्न सक्नेछन्।

बैंकले डिजिटल भुक्तानीको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्ने क्रममा केहि समय अघि मात्रै ‘सिद्धार्थ रिवार्डस’ नामक लोयल्टी सेवा पनि सञ्चालनमा ल्याएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij