२०८३ साउन ९ शनिबार

११ महिनामा १३ खर्ब २७ अर्ब ५१ करोड रुपैयाँ रेमिटान्स भित्रियो, वृद्धि प्रतिशत १९.३

ई आर्थिक    बुधबार, असार २६ २०८१
2.3K
Shares
११ महिनामा १३ खर्ब २७ अर्ब ५१ करोड रुपैयाँ रेमिटान्स भित्रियो, वृद्धि प्रतिशत १९.३

ई–आर्थिक, काठमाडौं । मुलुकको अर्थतन्त्र संकटग्रस्त रहेपनि रेमिटान्स भित्रिने बृद्धि भने उत्साहप्रद देखिएको छ । चालु आर्थिक वर्षको ११ महिनामा मुलुकमा रेमिट्यान्स बृद्धि १९.३ प्रतिशत रहेको देखिएको छ ।

सो अवधिमा रेमिटान्समार्फत १३ खर्ब २७ अर्ब ५१ करोड रुपैयाँ भित्रिएको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा यो १९.३ प्रतिशतले बढेको हो । गत वर्षको एघार महिनामा रेमिट्यान्स आप्रवाह २२.७ प्रतिशतले बढेको थियो ।

अमेरिकी डलरमा विप्रेषण आप्रवाह १७.३ प्रतिशतले वृद्धि भइ ९ अर्ब ९८ करोड पुगेको छ । गत वर्ष यस्तो आप्रवाह १३.० प्रतिशतले बढेको थियो ।

एघार महिनाको अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या ४ लाख २२ हजार ९ सय ३६ र पुनः श्रम स्वीकृति लिनेको संख्या २ लाख ६२ हजार ७ सय ५ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij