२०८३ साउन १२ मंगलबार

बाढी, पहिरो र डुबानमा परी आठको मृत्यु, छ जना बेपत्ता

ई आर्थिक    आइतबार, असार २३ २०८१
7.3K
Shares
बाढी, पहिरो र डुबानमा परी आठको मृत्यु, छ जना बेपत्ता

ई–आर्थिक, काठमाडौं । भारी वर्षासँगै आएको बाढी, पहिरो र डुबानलगायत कारण नेपालका विभिन्न क्षेत्रमा अहिलेसम्म आठ जनाको मृत्यु भएको छ।

प्रहरी प्रधान कार्यालयका अनुसार शनिबार साँझसम्म विपद्जन्य घटनामा परेर अन्य छजना बेपत्ता भएका छन् भने सात जना घाइते भएका छन्।

देशभर गरेर ४५ ठाउँभन्दा बढी क्षेत्रका सडक आवागमन अवरुद्ध भएको नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिनुभयो।

उहाँका अनुसार विपद्जन्य घटनामा परेर स्याङ्जामा तीन, पर्वतमा दुई, काठमाडौँमा एक र काभ्रेमा खोलाले बगाएर दुई जनाको मृत्यु भएको छ।

प्रवक्ता कार्कीले दाङमा दुई, तनहुँमा तीन, दोलखामा एक गरी छ जना बेपत्ता भएका जानकारी दिनुभयो। अहिलेसम्म तनहुँ, गुल्मी ओखल्ढुङ्गामा गरेर सातजना घाइते भएका पनि प्रहरी प्रधान कार्यालयले जनाएको छ।

भारी वर्षाका कारण आज देशभरकै जनजीवन प्रभावित भएको छ। कोशी नारायणीलगायतका ठूला नदीमा जलसतह उच्च भएको छ भने अन्य साना खोला खहरे पनि उर्लिएको छ।

काठमाडौँमा अहिले वर्षा रोकिए पनि देशका कतिपय जिल्लामा भने वर्षा भइरहेको छ। तीनवटै सुरक्षा निकाय हाईअलर्टका साथ प्रभावित क्षेत्रमा परिचालन भई खोज तथा उद्धार जारी राखेका छन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij