ई–आर्थिक, काठमाडौं । नेपालको एकमात्र रेल सेवा आजदेखि तीन दिन बन्द भएको छ । भारतमा लोकसभा चुनावका लागि भङ्गहा–जनकपुर–जयनगर रेल सेवा तीन दिन बन्द भएको हो ।
चुनाबको समयमा नेपाल–भारत सीमा सिल हुने भएका कारण आज २३ देखि २५ गतेसम्म रेल सेवा बन्द रहने नेपाल रेल्वे कम्पनीले जानकारी दिएको छ ।
नेपाल रेल्वे कम्पनीका प्रबन्ध निरञ्जन झाले शनिबार एक सूचना जारी गर्नुहुँदै आइतबारदेखि मङ्गलबारसम्म भङ्गहा–जनकपुर–जयनगर रेल्वे सेवा पूर्णरुपमा बन्द रहने जानकारी दिइसकेका थिए ।
इण्डो नेपाल अन्तर्राष्ट्रिय बोर्डर सिल गर्ने गरी नेपाल भारत दुवै पक्षतर्फको बोर्डर जिल्ला कोर्डिनेशन कमिटीबाट भएको निर्णयअनुसार रेल सेवा तीन दिन बन्द रहने सूचनामा उल्लेख गरिएको थियो ।
भारत मधुवनी जिल्लाको भन्झारपुर संसदीय क्षेत्रमा ७ मे २०२४ (वैशाख २५)मा लोकसभा चुनाव हुँदैछ ।