२०८३ साउन १२ मंगलबार

अर्थ मन्त्रालयको सचिवमा मधुकुमार र प्रधानमन्त्री कार्यालयमा कृष्णहरीलाई सरुवा गर्ने निर्णय

ई आर्थिक    सोमबार, बैशाख १० २०८१
3.7K
Shares
अर्थ मन्त्रालयको सचिवमा मधुकुमार र प्रधानमन्त्री कार्यालयमा कृष्णहरीलाई सरुवा गर्ने निर्णय

ई–आर्थिक, काठमाडौं । सरकारले अर्थ मन्त्रालयको सचिवमा मधु कुमार मरासिनीलाई सरुवा गर्ने निर्णय गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद बैठकले अर्थ मन्त्रालयको सचिवमा मरासिनीलाई ल्याउने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री एवम् सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिइन् ।

पेमेन्ट गेटवेमा विशेष अदालतबाट सफाइ पाएलगत्तै मरासिनीलाई अर्थसचिवको जिम्मेवारी दिएर पठाइएको हो ।

पेमेन्ट गेटवे अनियमितता प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत असोज १५ गते विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेपछि उनी निलम्बनमा परेका थिए । तर अदालतले सफाइ दिएपछि उनको निलम्बन फुकुवा भएको थियो ।

यसैबीच सोमबार बसेको मन्त्रिपरिषद बैठकले अर्थ मन्त्रालयका सचिव कृष्णहरी पुष्करलाई प्रधानमन्त्री कार्यालयमा सरुवा गर्दै अर्थ सचिवमा मरासिनीलाई ल्याउने निर्णय गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij