ई–आर्थिक, काठमाडौं । आइएमई पे ले नयाँ वर्ष २०८१ को अवसरमा सुपर वालेट प्रयोगकर्ताहरुका लागि विशेष सुविधा दिने भएको छ । सुपर वालेटलाई परिचित गराएको आइएमई पे ले नयाँ वर्षका अवसरमा सुपर वालेट प्रयोगकर्ताहरुलाई दर्जन भन्दा बढी नयाँ सुविधाहरु दिने जनाएको हो ।
सुपर बेनीफिट प्याकेजमा आइएमई पे प्रयोगकर्ताहरुले वालेट ब्यालेन्समा बैंकहरुले दिने बराबरको ब्याज, बैंकमा पैसा ट्रान्सफर गर्दा निःशुल्क सेवा, हरेक कारोबारमा अधिकतम रिवार्ड पोइन्ट, स्वास्थ्य बिमा प्याकेजमा आकर्षक छुट, भर्चुअल भिसा कार्डबाट अनलाइन भुक्तानीमा गर्दा तुरुन्तै क्यासब्याक पाउने छन् ।
यसैगरी, हवाई टिकट खरिदमा तथा घरायसी उपभोग्य सेवाहरुको भुक्तानीमा निरन्तर प्रोमो कोडहरु, केबलकारहरुको टिकट खरिदमा विशेष छुटका साथै वर्षैभरी छ हजार रुपैयाँसम्मको क्यासब्याक फाइदा पनि आइएमई पे प्रयोगकर्ताहरुले पाउने जनाइएको छ ।