२०८३ साउन १२ मंगलबार

अर्थमन्त्री महत अमेरिका भ्रमणमा जाने

ई आर्थिक    मंगलबार, फाल्गुन १५ २०८०
1.6K
Shares
अर्थमन्त्री महत अमेरिका भ्रमणमा जाने

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महत अमेरिका भ्रमणमा जाने भएका छन ।

हिजो सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले चैत १ देखि ९ गतेसम्म अमेरिकाको बाशिङटन डिसीमा हुने विश्व बैंक र नेपालबीचको साझेदारीको नयाँ खाका, नेपालमा आयोजना हुन लागेको आईडीए २१ रिप्लेसमेन्टको दोस्रो बैठकको तयारी तथा माथिल्लो अरुण जलविद्युत आयोजनासम्बन्धी बैठकमा अर्थमन्त्री र सचिव सहितको प्रतिनिधि मण्डललाई सहभागी हुन स्वीकृति दिएको हो ।

बैठकले परराष्ट्रमन्त्री एनपी साउद र सचिव सेवा लम्सालको भारत भ्रमण पनि स्वीकृत गरेको स्रोतले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij