२०८३ साउन २० बुधबार

म्याग्दी जिल्लामा फलफूल र आलुबाली विकास आयोजना लागू

ई आर्थिक    शुक्रबार, कार्तिक १० २०८०
9.3K
Shares
म्याग्दी जिल्लामा फलफूल र आलुबाली विकास आयोजना लागू

म्याग्दी । म्याग्दी जिल्लामा आलु र फलफूल बाली विकास आयोजना लागू भएको छ ।

गण्डकी प्रदेशको कृषि तथा भूमि व्यवस्था मन्त्रालयले चालु आर्थिक वर्षमा आलु र फलफूल बाली विकास आयोजना कार्यक्रम सञ्चालन गर्न म्याग्दीमा करिब रु. चार करोड बजेट पठाएको छ । कृषि ज्ञानकेन्द्र म्याग्दीका निमित्त प्रमुख सञ्जिव बाँस्तोलाले आलु र सुन्तलाजात फलफूल खेतीलाई जोड गरेर आयोजना लागू गरिएको जानकारी दिनुभयो ।

“म्याग्दीमा आलु र सुन्तलाखेतीको सम्भावना भएकाले यसको खेती विस्तार र बजारीकरणमा सघाउन आयोजना लागू गरिएको हो”, उहाँले भन्नुभयो, “आयोजनामार्फत् कृषक र कृषक समूहलाई कुल लागतको ५० लेखि ७५ प्रतिशतसम्म अनुदान उपलब्ध गराउने कार्यविधि छ ।”

समुदायस्तरमा प्रविधियुक्त कृषि उत्पादन प्रवद्र्धन आयोजनाअन्तर्गत म्याग्दीमा एक सय २५ हेक्टर क्षेत्रफलमा खायन आलु उत्पादन प्रवर्धन कार्यक्रमका लागि रु. तीन करोड बजेट प्राप्त भएको निमित्त प्रमुख बाँस्तोलाले बताउनुभयो ।

आलु कार्यक्रमका लागि कम्तीमा १० घरधुरी संलग्न भई न्यूनतम ३० रोपनी क्षेत्रफलमा कृषक समूह र सहकारीमार्फत आलुखेती गर्नुपर्ने शर्तसहित प्रस्ताव आह्वान गरिएको छ । स्थानीय बीउ प्रयोग गरेर आलुखेती विस्तार र उपभोगका लागि बिक्री वितरण गर्ने चक्र चलाउने खायन आलु उत्पादन कार्यक्रमको उद्देश्य हो ।

स्थानीय जातको आलुको संरक्षण, खेती विस्तार र आयआर्जन वृद्धिमा सहयोग पुर्‍य ाउने लक्ष्य राखिएको छ । म्याग्दीमा एक हजार छ सय ५० हेक्टर क्षेत्रफलमा आलुखेती भएकामा यस वर्ष २५ हजार चार सय १० मेट्रिकटन उत्पादन भएको छ ।

अघिल्लो वर्ष एक हजार एक सय ४५ हेक्टर क्षेत्रफलमा आलुखेती भएकामा २३ हजार सात सय ९३ मेट्रिकटन उत्पादन भएको कृषि ज्ञान केन्द्रको तथ्याङ्क छ । क्षेत्रफल विस्तारसँगै आलुको उत्पादन बढेको केन्द्रका प्राविधिक सम्झना आचार्यले बताउनुभयो । म्याग्दीमा हाल स्थानीय सेतो, रातो जातको आलु, निलो, कार्डिनल र एमएस ४२ नामक आलु उत्पादन हुने गरेको छ ।

यसैगरी फलफूल बाली विकास कार्यक्रममार्फत सुन्तला र किबीखेती विस्तार, बगैँचा सुदृढीकरण र बजारीकरणमा सघाउन रु. ७४ लाख बजेट आएको छ । दुई वटा फलफूल नर्सरी स्रोत केन्द्र स्थापनाका लागि रु. २० लाख, २० हेक्टर क्षेत्रफलमा खेती विस्तारका लागि रु. ३० लाख, ३० हेक्टरमा बगैँचा व्यवस्थापन तथा सुदृढीकरण गर्न रु. १२ लाख विनियोजन भएको छ ।

म्याग्दी जिल्लाबाट गत वर्ष रु. २० करोड मूल्य बराबरको सुन्तला निकासी भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । सात सय छ हेक्टरमा सुन्तला जात फलफूलको खेती भएकामा तीन सय ५५ हेक्टरको बोटले उत्पादन दिने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij