२०८३ साउन १४ बिहिबार

इजरायलबाट थप १९ जना नेपाली नयाँ दिल्ली आइपुुगे, विपिन जोशीको अवस्था अझै अज्ञात

ई आर्थिक    बुधबार, कार्तिक १ २०८०
3.4K
Shares
इजरायलबाट थप १९ जना नेपाली नयाँ दिल्ली आइपुुगे, विपिन जोशीको अवस्था अझै अज्ञात

ई–आर्थिक, काठमाडौं : इजरायलमा विद्रोही समूह हमासको आक्रमणपछि असुरक्षित अनुभव गरिएपछि त्यहाँ रहेका नेपाली फर्काउने क्रम जारी रहेको छ । यसैक्रममा थप १९ जना नेपालीलाई इजरायलबाट नेपाल फर्काइएको हो । उनीहरु हाल दिल्लीमा आइपुुगेका छन् । इजरायलमा रहेको नेपाली दूतावासमा निवेदन दिएकालाई मङ्गलबार राति ल्याइएको हो ।

भारत सरकारको उद्धार जहाजमार्फत इजरायलको तेलअभिभबाट १९ जना नेपाली नयाँ दिल्ली आएको परराष्ट्र मन्त्रालयका प्रवक्ता सेवा लम्सालले बताउनुभयो । उनीहरू मङ्गलबार बिहान इजरायलको स्थानीय समय अनुसार बिहान ९ बजे उडेका थिए । उहाँले भन्नुभयो, “इजरायलमा श्रमिकका रूपमा कार्यरत १९ जनाले नेपाल फर्किन निवेदन दिनुभएको थियो ।

उहाँहरूकै आग्रहमा इन्डियन रेस्क्यु फ्लाइटमार्फत दिल्ली आउनुभयो । अब पश्चिम नेपाल हुँदै आआफ्नो गृह जिल्लातर्फ जानुहुनेछ ।” अरू फर्किन चाहने नेपालीलाई क्रमिक रूपमा स्वदेश फर्काइने प्रवक्ता लम्सालले बताउनुभयो ।

हाल इजरायलबाट नेपाल फर्किन चाहनेको सङ्ख्या तीन सयभन्दा बढी रहेको इजरायलमा रहेको दूतावासले जनाएको छ । इजरायलमा ‘लर्न एन्ड अर्न’ कार्यक्रममा गएका विद्यार्थी असुरक्षित भएपछि सरकारले शुक्रबार २५४ जनालाई स्वदेश फर्काएको थियो । परराष्ट्रमन्त्री नारायणप्रकाश साउद आफैँ गएर ती विद्यार्थीलाई ल्याउनुभएको हो ।

इजरायल सरकारले आक्रमणमा परेर मृत्यु भएका १० जनामध्ये पाँच जनाको शव हस्तान्तरण गरिसकेको छ भने पाँच जनाको शव अझै दिएको छैन । परराष्ट्र मन्त्रालयका प्रवक्ता लम्सालले शव ल्याउने प्रक्रिया बाँकी नै रहेकाले अझै केही समय लाग्ने बताउनुभयो । इजरायल सरकारले आफ्नो प्रोटोकल पूरा गरी शव हस्तान्तरण गरेलगत्तै ल्याइने उहाँले जानकारी दिनुभयो । इजरायलमा सम्पर्कविहीन रहनुभएका सुदूरपश्चिम विश्वविद्यालयका विपिन जोशीको अवस्था भने अझै अज्ञात छ । उनले हमास विद्रोहीले फालेको ग्रिनेड फर्काएर दर्जनबढी नेपालीको ज्यान जोगाएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij