२०८३ साउन १२ मंगलबार

मनसुनी न्यूनचापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ, तीन दिनसम्म भदौरे झरी पर्न सक्ने

ई आर्थिक    बुधबार, भाद्र ६ २०८०
4.2K
Shares
मनसुनी न्यूनचापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ, तीन दिनसम्म भदौरे झरी पर्न सक्ने

ई–आर्थिक, काठमाडौं । काठमाडौं उपत्यकासहित देशैभर हल्कादेखि मध्यम वर्षा भइरहेको छ । बुधबार बिहानैदेखि देशभर वर्षा भइरहेको जल तथा मौसमविज्ञान विभागले जनाएको छ ।

मनसुनी न्यूनचापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ रहेकाले देशैभर वर्षा भएको हो । यो क्रम अझै तीन दिनसम्म चल्ने मौसमविद्को भनाइ छ ।

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सञ्जीव अधिकारीका अनुसार न्यूनचापीय प्रणाली उत्तरतर्फ सरेकाले आगामी तीन दिन नै हल्कादेखि मध्ययम वर्षा हुनेछ ।

उहाँले भन्नुभयो, “मनसुनी रेखा सरदरभन्दा उत्तरतर्फ सरेकाले बिहानदेखि देशैभर वर्षा भइरहेको । यो क्रम आगामी तीन दिनसम्म नै रहने देखिन्छ ।”

केहीबेर पानी पर्न रोकिएपनि पछि पुनः पानी पर्ने सम्भावना रहेको उहाँ बताउनुहुन्छ ।

वर्षा जारी रहँँदा आकस्मिक बाढी आउन सक्ने भएकाले नदी, खोला छेउछाउ बस्ने मानिसले आवश्यक सतर्कता अपनाउन मौसमविद् अधिकारीको आग्रह छ ।

राति भने सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको उहाँको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij