२०८३ साउन १४ बिहिबार

काठमाडौं उपत्यकाभित्रका सार्वजानिक सवारीको भाडा घट्यो, पाँच किलोमिटरसम्मको भाडा १८ रुपैयाँ

ई आर्थिक    बिहिबार, साउन ११ २०८०
4.5K
Shares
काठमाडौं उपत्यकाभित्रका सार्वजानिक सवारीको भाडा घट्यो, पाँच किलोमिटरसम्मको भाडा १८ रुपैयाँ

ई–आर्थिक, काठमाडौं । आज बिहीबार बागमती प्रदेश सरकारले सार्वजनिक सवारीसाधनको नयाँ भाडादर तोकेको छ। प्रदेशको श्रम,रोजगार तथा यातायात मन्त्रालयले मन्त्रीस्तरीय निर्णयअनुसार भाडा घटाएको जानकारी दिएको हो।

अब काठमाडौँ उपत्यकाभित्रका नयाँ भाडादरअनुसार सार्वजनिक सवारीसाधनको भाडा एक रुपैयाँले घटेको छ। काठमाडौँ उपत्यकाभित्र सार्वजनिक बसमा शून्यदेखि पाँच किलोमिटरसम्म यात्रा गर्दा अब १८ रुपैयाँ भाडा लाग्नेछ । पहिले पाँच किलोमिटरसम्मको भाडा १९ रुपैयाँ रहेको थियो।

उपत्यकाभित्र १० किलोमिटर यात्रा गर्दा अब २४ रुपैयाँ भाडा लाग्ने छ। पहिलो १० किलोमिटरसम्मको भाडा २५ रुपैयाँ रहेको थियो । १५ किलोमिटरसम्म यात्रा गर्दा पहिला ३० रुपैयाँ रहेकोमा अहिले २९ रुपैयाँ तोकिएको छ। यस्तै, २० किलोमिटरसम्मको भाडा पहिला ३३ रुपैयाँ रहेकोमा अहिले ३२ रुपैयाँ तय गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij