२०८३ साउन २० बुधबार

जग्गा बाँझो राखेर भोकै नबसौँः कृषिमन्त्री भुसाल

ई आर्थिक    शनिबार, जेष्ठ २० २०८०
2.3K
Shares
जग्गा बाँझो राखेर भोकै नबसौँः कृषिमन्त्री भुसाल

ई–आर्थिक, काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री डा. बेदुराम भुसालले स्वदेशमै पसिना बगाउने अभियान चलाउन आग्रह गरेका छन् ।

किसान डेरी उद्योगको शुक्रबार उदयपुरमा उद्घाटन गर्दै मन्त्री भुसालले भने– ‘युवाहरु अवसरको खोजीमा विदेश गइरहेका छन्, स्वदेशमै केही गर्न सकिने प्रशस्त आधारहरु छन्। अब बिदेशमा बगाउने पसिना यहीँ बगाऊँ भन्ने अभियान चलाएर अगाडि बढ्नुपर्छ।’

मन्त्री भुसालले बर्सेनी जग्गा बाँझो राख्ने क्रम चलिरहेको समेत दृष्टान्त प्रस्तुत गरे। विभिन्न रिपाेर्काटका अनुसार देशभर १० लाखभन्दा बढी क्षेत्रफल जग्गा बाँझो रहेको तथ्य प्रस्तुत गर्दै मन्त्री भुसालले बाँझो जग्गालाई प्रयोगमा ल्याउने गरी आगामी आर्थिक बर्षको बजेटमा समावेश गरिएको बताए।

जग्गा बाँझो राखेर भोकै बस्ने काम अब बन्द गर्नुपर्नेमा उनको विशेष जोड छ।

कृषि तथा पशुपन्छीको क्षेत्रमा दिइने अनुदानको सही सदुपयोग हुन नसकेको उनले बताए। अनुदान पाउने तर भाग्ने परिपाटी रहेको भन्दै मन्त्री भुसालले अनुदानको सदुपयोग हुनुपर्नेमा जोड दिए । साथै कार्यक्रमलाई उत्पादनमुखी बनाएर अगाडी बढ्नुुपर्ने उनले औँल्याए।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij