२०८३ साउन १२ मंगलबार

कमोडोटी एक्सचेन्जको २ लाइसेन्सका लागि ४ कम्पनी प्रतिस्पर्धामा

ई आर्थिक    आइतबार, बैशाख १० २०८०
6.9K
Shares
कमोडोटी एक्सचेन्जको २ लाइसेन्सका लागि ४ कम्पनी प्रतिस्पर्धामा

ई–आर्थिक, काठमाडौं । बस्तु विनिमय बजार (कमोडीटी एक्सचेन्ज)को दुई कम्पनी स्थापनाको लाइसेन्सको लागि ४ वटा आवेदन परेको छ ।

आवेदन दिने अन्तिम दिन आइतबारसम्म नेपाल मल्टी कमोडीटी एक्सचेन्ज, हिमालयन कमोडिटिज एण्ड डेरिभेटिभ एक्सचेन्ज, मल्टी डेरिभेटिभ एक्सचेन्ज र मल्टी एसेट्स एण्ड डेरिभेटिभ एक्सचेन्जले नेपाल धितोपत्र बोर्डमा लाइसेन्सका लागि निवेदन दिएका हुन् ।

नेपाल धितोपत्र बोर्ड बस्तु विनियम बजार सञ्चालन गर्न २ वटा कम्पनीलाई मात्रै लाइसेन्स दिनेगरी आवेदन माग गरेको भएपनि ४ वटा कम्पनीले बोर्डमा आवेदन दिएका हुन् । धितोपत्र बोर्डले कमोडीटी एक्सचेन्ज सञ्चालनको लागि कम्पनी स्थापना गर्न भन्दै २ असोजमा सार्वजनिक सूचना प्रकाशित गरेको थियो ।

तर, सर्वोच्च अदालतमा अधिवक्ता दीपकविक्रम मिश्रले उक्त लाइसेन्स प्रक्रिया रोक्न माग गर्दै २८ असोजमा रिट दर्ता गरेका थिए । उक्त रिटमाथि सुनुवाई गर्दै सर्वोच्च अदालतले ४ कात्तिकमा अल्पकालीन अन्तरिम आदेश दिंदै लाइसेन्स प्रक्रिया रोकेको थियो ।

आवेदन दिने अवधि ४५ दिन भएपनि आवेदन दिने अवधि १० दिन बाँकी हुँदै सर्वोच्च अदालतको आदेशपछि आवेदन रोकिएको थियो । गत चैत अन्तिम साता न्यायाधीशहरु अनिलकुमार सिन्हा र सुष्मालता माथेमाको इजलासबाट सर्वोच्चले उक्त रिट खारेज गरेपछि लाइसेन्सको प्रक्रिया अगाडि बढेको थियो । रिट खोरेज भएसँगै बोर्डले ३० चैतमा सूचना प्रकाशित गर्दै बाँकी रहेको १० दिनमा आवेदन दिन पुनः सूचना प्रकाशित गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij