२०८३ साउन १२ मंगलबार

अबैध कल सेन्टर चलाएर ठगी गर्ने २३ जना पक्राउ, ९० थान कम्प्युटरसहितका उपकरण बरामद

ई आर्थिक    बुधबार, चैत्र २२ २०७९
3.1K
Shares
अबैध कल सेन्टर चलाएर ठगी गर्ने २३ जना पक्राउ, ९० थान कम्प्युटरसहितका उपकरण बरामद

ई–आर्थिक, जनकपुर । जनकपुरमा कल सेन्टर चलाएर ठगी गरेको आरोपमा २३ जना पक्राउ परेका छन् ।

जनकपुरधामको पिडारीचौकस्थित वीरबहादुर राउतको घरको दोस्रो तलामा गैरकानुनी रुपमा कल सेन्टर संचालन गरी अनलाइन ठगी गरेको आरोपमा प्रहरीले ९० थान कम्प्युटरसहित ९ महिलागरि २३ जनालाई पक्राउ गरेको हो।

उनीहरूको साथबाट दुईवटा मोटरसाइकल पनि बरामद गरिएको धनुषा प्रहरीले जनाएको छ। उक्त कल सेन्टरका मुख्य संचालक भने फरार भएका छन्। उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij