२०८३ साउन १८ सोमबार

गत साता कुल बजार पूँजीकरण ५६ अर्बभन्दा बढीले बढ्यो, अब बजार कता जाला ?

ई आर्थिक    शनिबार, फाल्गुन २७ २०७९
4.7K
Shares
गत साता कुल बजार पूँजीकरण ५६ अर्बभन्दा बढीले बढ्यो, अब बजार कता जाला ?

काठमाडौं । गत साता तीन कारोबार दिनमा नेप्से परिसूचक ३३ दशमलव ६८ अंक बढेको छ । अघिल्लो साताको अन्तिम कारोबार दिन १ हजार ९६९ दशमलव शून्य २ विन्दुमा रहेको नेप्से परसूचक गत साताको अन्तिम कारोबार दिन भने २ हजार २ दशमलव ७० विन्दुमा बन्द भएको हो । तीन कारोबार दिनमा पहिलो दिन ३० दशमलव ७७ अंक घटेको नेप्से परिसूचक दोस्रो दिन १४ दशमलव ४१ अंक र तेस्रो दिन ५० दशमलव शून्य ४ अंक बढेको हो । चैत महिनामा बैंकहरूले निक्षेप र कर्जाको ब्याजदर घटाउँने निर्णय गरेसँगै गत साताको अन्तिम कारोबार दिन बजारमा उच्च बृद्धि देखिएको हो ।

नेपाल बैंकर संघले आगामी चैत १ गतेदेखि लागू हुने गरी निक्षेपमा शून्य दशमलव ४ प्रतिशत र कर्जामा १ प्रतिशत प्रिमियम दर घटाउने निर्णय गरेको हो । लामो समयदेखि बजारमा उतारचढाब देखिदै आएको छ ।

बैंकले कर्जा र निक्षेपको ब्याजदर घटाउँदा बजारमा सकारात्मक प्रभाव पर्ने लगानीकर्ताको मनोविज्ञानका कारण गत साताको अन्तिम दिनको कारोबार सकारात्मक बनेको ब्रोकरहरू बताउँछन् । बजार बढेसँगै कुल बजार पूँजीकरणमा समेत वृद्धि भएको छ । अघिल्लो साताको अन्तिम कारोबार दिनको तुलनामा गत साता कुल बजार पूँजीकरण रू. ५६ अर्ब ३९ करोड २८ लाखले बढेको हो ।

अघिल्लो साताको अन्तिम कारोबार दिन रू. २८ खर्ब ४४ अर्ब ९२ करोड ४४ लाख रहेको कुल बजार पूँजीकरण रू. २९ खर्ब १ अर्ब ३१ करोड ७२ लाख कायम भएको हो । गत साता समग्र कारोबार मापक नेप्से परिसूचकसँगै ठूला कम्पनीहरूको मात्र कारोबार मापक सेन्सेटिभ इन्डेक्स ५ दशमलव ९४ अंकले बढेको छ । अघिल्लो साता ३७३ दशमलव ५६ विन्दुमा रहेको सेन्सेटिभ इन्डेक्स गत साता ३७९ दशमलव ५० विन्दुमा पुगेको छ ।

अघिल्लो साता पाँच कारोबार दिनमा रू. ८ अर्ब ४३ करोड १३ लाखभन्दा बढीको २ करोड २९ लाख ६९ हजारभन्दा बढी कित्ता धितोपत्र खरीदविक्री भएकोमा गत साता तीन कारोबार दिनमा रू. ४ अर्ब १६ करोड २३ लाखभन्दा बढीको १ करोड २४ लाख ५७ हजारभन्दा बढी कित्ता धितोपत्र खरीदविक्री भएको छ । अघिल्लो साताको तुलनामा कारोबार दिन कम भएर पनि कारोबार रकम कम भएको देखिन्छ । औषतमा अघिल्लो साता रू. १ अर्ब ६८ करोड ६२ लाखभन्दा बढीको ४५ लाख ९३ हजारभन्दा बढी कित्ता धितोपत्र खरीदविक्री भएकोमा गत साता रू. १ अर्ब ३८ करोड ७४ लाखभन्दा बढीको ४१ लाख ५२ हजारभन्दा बढी कित्ता धितोपत्र खरीदविक्री भएको छ । अघिल्लो साताभन्दा गत साता औषतमा कारोबार रकम रू. २९ करोड ८८ लाखभन्दा कम भएको हो । गत साता निर्जीवन बीमा समूहका लगानीकर्ताले सर्वाधिक कमाए गत साता बढेको बजारबाट निर्जीवन बीमा समूहका लगानीकर्ताले सर्वाधिक कमाएका छन् ।

समूहगत परिसूचकमा देखिएको बृद्धिका आधारमा निर्जीवन बीमा समूहका लगानीकर्ताले सर्वाधिक कमाएको देखिएको हो । गत साताको कारोबारमा निर्जीवन बीमा समूहको परिसूचक सर्वाधिक ३ दशमलव १४ प्रतिशत बढेको हो ।

निर्जीवन बीमा समूहसँगै गत साता जलविद्युत समूहको ३ दशमलव १० प्रतिशत, वित्तको २ दशमलव ८० प्रतिशत, विकास बैंकको २ दशमलव ७२ प्रतिशत, लगानीको २ दशमलव ६५ प्रतिशत, व्यापारिकको २ दशमलव ४५ प्रतिशत, जीवन बीमाको १ दशमलव ८७ प्रतिशत, म्युचुअल फण्डको १ दशमलव ४३ प्रतिशत, बैंकिङको १ दशमलव ४० प्रतिशतले घटेको छ । त्यस्तै लघुवित्तको १ दशमलव शून्य ५ प्रतिशत, होटल तथा पर्यटनको शून्य दशमलव ९८ प्रतिशत, अन्यको शून्य दशमलव ९४ प्रतिशत परिसूचक बढेको छ । गत साता उत्पादन तथा प्रशोधन समूहको परिसूचक भने २ दशमलव ५० प्रतिशत घटेको को समाचार आर्थिक अभियानले लेखेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij