२०८३ असोज १ बिहिबार

एन आई सी एशिया लघुवित्त वित्तीय संस्थाको अध्यक्षमा सन्तोषकुमार राठी तथा संचालकमा दिनेश भारी नियुक्त

ई आर्थिक    सोमबार, फाल्गुन ८ २०७९
13.6K
Shares
एन आई सी एशिया लघुवित्त वित्तीय संस्थाको अध्यक्षमा सन्तोषकुमार राठी तथा संचालकमा दिनेश भारी नियुक्त

ई–आर्थिक, काठमाडौं । एन आई सी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको संस्थापक एन आई सी एशिया बैंक लिमिटेडको मिति २०७९÷११÷०५ गते बसेको सञ्चालक समितिको ५९० औं बैठकको निर्णय अनुसार मिति २०७९/११/०५ बाटै लागू हुने गरी सन्तोषकुमार राठी र दिनेश भारी नियुक्त भएका छन् ।

उनीहरूलाई संस्थापक समुहमा प्रतिनिधि सञ्चालक मनोनयन गरी पठाईएकोमा यस लघुवित्त वित्तीय संस्थाको मिति २०७९/११/०८ गते बसेको १६६औँ सञ्चालक समितिको बैठकले उक्त सञ्चालक पदको बाँकी रहेको कार्यकाल सम्मको लागि उहाँहरुलाई नियुक्त गरेको छ ।

साथै, उक्त सञ्चालक समिति बैठकबाट नै यस संस्थाको नियमावलीमा भएको व्यवस्था बमोजिम सबै सञ्चालकहरुको सर्वसम्मतिमा सञ्चालक सन्तोष कुमार राठी ज्यूलाई यस संस्थाको सञ्चालक समितिको अध्यक्ष चयन गरिएको छ ।
उक्त पदमा यस अघि सञ्चालकहरु कपिल ढकाल र प्रकाश बराल संस्थापक समुहमा संस्थापक एन आई सी एशिया बैंक लिमिटेडको तर्पmबाट प्रतिनिधित्व गर्दै आई रहनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij