२०८३ भाद्र ३१ बुधबार

प्रधानमन्त्री शाह र जापानी राजदूत माइदा तोरुबीच शिष्टाचार भेटवार्ता

ई आर्थिक    बुधबार, भाद्र ३१ २०८३
76
Shares
प्रधानमन्त्री शाह र  जापानी राजदूत माइदा तोरुबीच शिष्टाचार भेटवार्ता

काठमाडाैं । प्रधानमन्त्री वालेन्द्र शाहले नेपालका लागि जापानी राजदूत माइदा तोरुले आज शिष्टाचार भेटवार्ता गर्नुभएको छ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‍को कार्यालयमा प्रधानमन्त्रीशाहसंग जापानी राजदूत तोरुले भेटवार्ता गर्नुभएको हो।

भेटका क्रममा प्रधानमन्त्रीले विपद्को यस परिस्थितिमा नेपाल सरकार तथा बाढी प्रभावित नागरिकप्रति जापान सरकारले देखाएको सद्भाव, सहयोग र ऐक्यबद्दताका लागि आभार व्यक्त गर्नुभयो।

यस्तै, राजदूत तोरुले दुःखको यस घडीमा संवेदना प्रकट गर्नुहुँदै जापान सरकारले नेपाललाई विपद्पछिको पुनर्स्थापना तथा पुनर्निर्माणमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij