२०८३ साउन १० आइतबार

एन आई सी एशिया लघुवित्त वित्तीय संस्था सम्मानित

ई आर्थिक    मंगलबार, मंसिर ९ २०७७
26.6K
Shares
एन आई सी एशिया लघुवित्त वित्तीय संस्था सम्मानित

ई–आर्थिक, काठमाडौं । एन आई सी एशिया लघुवित्त वित्तीय संस्था लि. उत्कृष्ट कर सहभागिता गरेको विधामा सम्मानित भएको छ । जाजरकोटमा २०७७/०८/०७ मा आयोजित एक कार्यक्रमका बिच एन आई सी एशिया लघुवित्त वित्तीय संस्थालाई प्रमुख कर अधिकृत डा. रामप्रसाद मैनालीले सम्मानीत गर्नुभएको हो ।

जाजरकोट जस्तो विकट जिल्लामा केन्द्रिय कार्यालय रहेर पनि देशभर व्यवसायिक सेवा सुविधा प्रदान गरिरहेको एन आई सी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वोत्कृष्ट आयकर सहभागिता जनाई उत्कृष्ट भएको हो ।

कर्णाली प्रदेशको विकट जिल्ला जाजरकोटमा केन्द्रिय कार्यालय स्थापना गरी देशैभरि शाखा संचालन विस्तार गरि छोटो अवधिमा नै सरकार प्रतिको दायित्वमा आयकर मार्फत उत्कृष्ट योगदान गर्न सफल भएकोमा एन आई सी एशिया लघुवित्त वित्तीय संस्था गौरवान्वित भएको जनाएको छ ।

संस्थाले हालसम्म संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत करीव रु ११ लाख र आयकर अन्तर्गत करीव रु. ८ करोड ४६ लाख गरि राजस्वमा जम्मा रु ८ करोड ५७ लाख योगदान गरेको छ । दुर्गम स्थानबाट सेवा प्रदान गरी यति धेरै योगदान राजश्वमा गर्न सकिएकोमा एन आई सी एशिया लघुवित्त वित्तीय संस्था गौरवान्वित भएको जनाएको छ ।

एन आई सी एशिया लघुवित्त वित्तीय संस्थाले स्थापना भएको छोटो समयमा नै लघुवित्त क्षेत्रमा उच्च योगदान गर्न सफल भएको छ । आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र यस संस्था प्रतिको भरोसा सहित हाल १२० शाखा कार्यालयहरुबाट करिव ४७ हजार सदस्यहरु सहित करीव ३६ हजार कर्जा सेवाग्राहीहरुको सहयात्रीको रुपमा वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ ।

साथिसंगै सवल बन्दै भन्ने मुल नाराका साथ उत्तरदायी लघुवित्तीय सेवाको अभ्यास गर्दै आएको यस संस्थाले वित्तीय समावेशिकरणका लागि डोटी, जुम्ला, जाजरकोट, सल्यान, रसुवा, सिन्धुपाल्चोक जस्ता बैंक तथा वित्तीय संस्थाहरुको उपस्थिति न्युन रहेको दुर्गम जिल्लाहरुमा शाखा विस्तार गरी सेवा सञ्चालन गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij