ई–आर्थिक, काठमाडौं । एन आई सी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना सदस्यलाई बीमा रकम प्रदान गरेको छ । संस्थाले ज्योति लाईफ ईन्स्योरेन्स सँगको सहकार्यमा संस्थाको सदस्य र सदस्यको परिवारको दुर्घटना बीमा गर्दै आईरहेको छ ।
संस्थाको बेलाशपुर शाखाले आफ्नो सदस्यको श्रीमतिको मृत्यु भएकोमा उक्त रकम मृतकको श्रीमान नगेन्द्र दास पटनावरलाई हस्तान्तरण गरेको हो ।
कर्णाली प्रदेशको विकट जिल्ला जाजरकोटमा रजिष्टर्ड कार्यालय भई काभ्रेपलाञ्चोक जिल्लाको बनेपामा कर्पोरेट कार्यालय रहेको एन आई सी एशिया लघुवित्त वित्तीय संस्थाले स्थापना भएको छोटो समयमा नै लघुवित्त क्षेत्रमा उच्च स्थान हासिल गर्न सफल भएको जनाएको छ ।
आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र यस संस्था प्रतिको भरोसा सहित हाल १२० शाखा कार्यालयहरुबाट वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ ।
साथीसंगै सवल बन्दै भन्ने मुल नाराका साथ उत्तरदायी लघुवित्तीय सेवाको अभ्यास गर्दै आएको यस संस्थाले वित्तीय समावेशिकरणका लागि डोटी, जुम्ला, जाजरकोट, सल्यान, रसुवा, सिन्धुपाल्चोक जस्ता बैंक तथा वित्तीय संस्थाहरुको उपस्थिति न्युन रहेको दुर्गम जिल्लाहरुमा शाखा विस्तार गरी सेवा सञ्चालन गर्दै आइरहेको संस्थाका प्रमुख सूचना अधिकृत प्रह्लाद चन्द्र निरौलाले जानकारी दिए ।