२०८३ साउन १२ मंगलबार

सुपर मादी हाइड्रोपावरको आईपीओ १ लाख ७४ हजार ३०० जनाले पाए, पाउने सबैलाई १०–१० कित्ता

ई आर्थिक    सोमबार, माघ २३ २०७९
3.9K
Shares
सुपर मादी हाइड्रोपावरको आईपीओ १ लाख ७४ हजार ३०० जनाले पाए, पाउने सबैलाई १०–१० कित्ता

ई–आर्थिक, काठमाडौं । सुपर मादी हाइड्रोपावर लिमिटेडको आईपीओ बाँडफाँट भएको छ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटलको कार्यालयमा कम्पनीको आईपीओ बाँडफाँट भएको हो ।

कम्पनीले माघ ९ गतेदेखि १२ गतेसम्म प्रतिशेयर १०० अंकित मूल्यका १७ लाख ४३ हजार कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन गरेको थियो ।

सो आईपीओमा परेका कुल आवेदनमध्ये १२ लाख ९८ हजार ६९३ आवेदकबाट १ करोड ४४ लाख ४६ हजार ५६० कित्ताका लागि स्वीकृत आवेदन परेको थियो । सोमध्ये १ लाख ७४ हजार ३०० जनाले १० कित्ताका दरले शेयर प्राप्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij